भारतमा नयाँ रेकर्ड : एकैदिन ९५ हजार ७ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, भदौ २६ (ई-रैवार)
भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ९५ हजार ७ सय ३५ जनामा कोरोना संक्रमण देखीएको हो ।
विश्व स्वास्थ्य संगठनले भारतमा हालसम्म ४४ लाख ६५ हजार ८ सय ६३ जनामा कोरोना संक्रमण देखिसकेको तथ्यांक छ । पछिल्लो २४ घण्टाको अवधीमा कोरोना संक्रमणबाट १ हजार १ सय ७२ संक्रमितको मृत्यु भएको जनाएको छ । ज्यान गुमाउनेको संख्या ७५ हजार ६२ पुगेको छ ।
भारत विश्वमै सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा अमेरिकापछि दोस्रो स्थानमा छ भने मृत्यु हुनेको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ ।
भारत कोरोना संक्रमणको इपिसेन्टर बनेको छ । दैनिक ९५ हजारसम्म कोरोना संक्रमण पहिचान भइरहेको भारतमा संक्रमणको दर बढ्दै गइरहेको छ । लकडाउन–लुज डाउनको नीति अख्यिार गर्दै सार्वजनिक सवारी तथा रेल सेवा सञ्चालनमा आएसँगै भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको तथ्यांकले देखाएको छ । भारत १ अर्ब ३८ करोड जनसंख्या भएको देश हो ।
९५ हजार ७ सय ३५ कोरोना संक्रमित एकैदिन देखिने विश्वमै भारत मात्रै हो । अमेरिकामा एकैदिन सबैभन्दा धेरै ७४ हजार र ब्राजिमा ६९ हजारसम्म संक्रमित भेटिएका थिए ।
प्रतिकृया दिनुहोस्