March 11, 2025, Tuesday
२७ फाल्गुन २०८१, मंगलवार

पाटन अस्पतालमा काठमाडौंका एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं, भदौ २६ (ई-रैवार) 

पाटन अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।  काठमाडौंका ६३ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार २४ गते अस्पताल भर्ना भएका ती पुरुषको आज शुक्रबार बिहान ३ बजे उपचारका क्रममा मृत्यु भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबार साँझसम्मको तथ्यांक अनुसार नेपालमा ३सय १७ जनाको मृत्यु भएको छ।

नेपालमा हालसम्म ५० हजार ४सय ६५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। संक्रमितमध्ये ३५ हजार ७ सय जना निको भएका छन् ।