March 11, 2025, Tuesday
२७ फाल्गुन २०८१, मंगलवार

रियाको एफआईआरलाई सुशान्तकी दिदी स्वेताले भनिन्– फेक एफआईआर गलत

काठमाडौं, भदौ २३ (ई-रैवार)

सुशान्तकी दिदी स्वेता सिंहले रियाले मंगलबार मुम्बई प्रहरीमा दर्ता गराएको एफआईआरलाई गलत भनेकी छिन् ।

स्वेताले ट्विट गर्दै भनेकी छिन्, “केही कुराले पनि हामीलाई तोड्न सक्दैन, यो गलत एफआईआरले पनि तोड्न सक्दैन, सुशान्तको परिवार बलियो भएर उभिरहेको छ । त्यस्तै उनले ह्यास्ट्याग प्रयोग गरी अघि लेख्छिन्, सुशान्तको न्यायका लागि एकजुट होऔं । सम्पूर्ण भारत नै सुशान्तको परिवार हो ।”

रियाले सुशान्तका दिदीहरु मितु सिंह, प्रियंका सिंह र डाक्टरविरुद्ध सुशान्तलाई गलत औषधि दिएको र आत्महत्या गर्न बाध्य बनाएको भन्दै मुम्बई प्रहरीमा एफआईआर दर्ता गराएकी हुन् ।

एफआईआरमा भनिएको छ, “षड्यन्त्र रचेर सरकारी अस्पतालको पर्चीमा ब्यान्ड भइसकेको औषधिको नाम उल्लेख गरी गलत प्रेस्क्रिप्सन लेखी औषधिको मात्रा निरीक्षण नगरी दिएका कारण एन्जाइटी अट्याक् भएर परिणम स्वरुप आत्महत्या गरियो ।”

साथै रियाले आफू सुशान्तको अपार्टमेन्टबाट गएपछि ८ जुनमा उनीहरु आएर सुशान्तलाई ती औषधि दिएको भन्दै आरोप लगाएकी छिन् । सुशान्तकी आफ्नै दिदी स्वेता सुशान्तको मृत्युदेखि उसको न्यायको लागि लडिरहेकी छिन् ।

इन्डियन एक्सप्रेसबाट