भारतमा एकै दिन ९० हजार ६ सय ३२ कोरोना संक्रमित थपिए

काठमाडौं, भदौ २२ (ई-रैवार)
भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिने क्रम जारी रहेको छ । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै ९० हजार ६ सय ३२ जनामा कोरोना संक्रमित थपिएका छन् । योसंगै भारतमा कोरोना संक्रमितको संख्या ४१ लाख १३ हजार ८ सय ११ पुगेको छ ।
विश्व स्वास्थ्य संगठनको तथ्यांकमा कोरोना संक्रमित सबैभन्दा धेरै हुने देशको सूचिमा भारत दोस्रो स्थानमा आइपुगेको छ । ब्राजिललाई पनि उछिन्दै भारत अमेरिका पछि दोस्रो स्थानमा आइपुगेको हो ।
पछिल्लो २४ घण्टामा भारतमा १ हजार ६५ संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । हालसम्म भारतमा ७० हजार ६ सय २६ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।
यसैबीच, भारत कोरोनाका कारण धेरै मृत्यु हुने देशहरुको सूचिमा भने अमेरिका र ब्राजिल पछि तेस्रो स्थानमा छ । लकडाउनमा रहेको भारत लुजडाउनको नीतिमा गएपछि तीव्र गति कोरोना संक्रमण फैलिएको हो ।
भारत १ अर्ब ३८ जनसंख्या भएको देश हो । जस्मा ९० हजार ६ सय ३२ कोरोना संक्रमित एकैदिन देखिएको यो विश्वमै पहिलो पटक हो । अमेरिकामा एकैदिन सबैभन्दा धेरै ७४ हजार र ब्राजिमा ६९ हजारसम्म भेटिएका थिए ।
प्रतिकृया दिनुहोस्