March 11, 2025, Tuesday
२७ फाल्गुन २०८१, मंगलवार

भारतमा अहिलेसम्मकै बढी कोरोना संक्रमित थपिए, २४ घण्टामा मात्रै ९० हजार ६ सय ३३ संक्रमित

 

काठमाडौं, भदौ २१ (ई-रैवार)

भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १० लाख ९२ हजार ६ सय ५४ नमुना परीक्षण गर्दा ९० हजार ६ सय ३३ जनामा संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार यो संख्या २४ घण्टाको अवधिमा पुष्टि भएको विश्वकै सबैभन्दा धेरै हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार यसअघि दुईदिन पहिला भारतमा ८३ हजार ८ सय ८३ कोरोना संक्रमित थपिएका थिए । भारतमा हालसम्म संक्रमितको संख्या ४० लाख २३ हजार १ सय ७९ पुगेको छ ।

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६९ हजार ७० हजार ६२६ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ८९ संक्रमितको ज्यान गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयको विवरण अनुसार कोरोना संक्रमणबाट प्रभावित अमेरिका र ब्राजिलपछि भारत तेस्रो स्थानमा छ ।