March 11, 2025, Tuesday
२७ फाल्गुन २०८१, मंगलवार

भारतमा एकैदिन ८७ हजार १ सय १५ जना कोरोना संक्रमित थपिए

काठमाडौं, भदौ २० (ई-रैवार)

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ४० लाख नाघेको छ । पछिल्लो २४ घण्टामै ८७ हजार १ सय १५ जना संक्रमित थपिएसँगै भारतमा कोरोना संक्रमितको संख्या ४० लाख २० हजार नाघेको हो ।

भारतमा कोरोना संक्रमितबाट ६९ हजार ६ सय ३५ जनाको ज्यान गइसकेको छ भने ३१ लाख ४ हजार भन्दा धेरै निको भएका छन् । अहिले भारतमा ८ लाख ४६ हजार भन्दा धेरै सक्रिय संक्रमित रहेका छन् ।

एक अर्ब ३८ करोड २३ लाख भन्दा धेरै जनसंख्या रहेको भारतमा अहिलेसम्म ४ करोड ६६ लाख ७९ हजार भन्दा धेरैको कोरोना परीक्षण भैसकेको भारतको स्वास्थ्य विभागले जनाएको छ ।

यसैबीच पछिल्ल २४ घण्टामा २ लाख ८८ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएसँगै विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ६७ लाख ७१ हजार भन्दा धेरै भएको छ । ८ लाख ७८ हजार भन्दा बढीको ज्यान गैसकेको छ भने १ करोड ८८ लाख ७९ हजार भन्दा बढी निको भएका छन् ।

विश्वमा अहिले ७० लाख भन्दा धेरै सक्रिय कोरोना संक्रमित रहेका छन् ।