सुदूरपश्चिमका तिनवटै प्रयोगशालामा गरिएको परीक्षणमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, भदौ १७ (ई-रैवार)
सुदूरपश्चिम प्रदेशमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ३६ जनामा संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ सय ९० जनाको कोरोना परीक्षण गर्दा १२ महिला र १३ पुरुष गरी २५ जनामा संक्रमण पुष्टि भएको छ । प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कैलालीका १५, बझाङका ९ र कञ्चनपुरका १ जनामा कोरोना संक्रमण देखिएको हो ।
कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ८ जना, वडा नम्वर ४ का १ जना, घोडाघोडी नगरपालिकाका ५ जना, लम्कीचुहा नगरपालिकाका १ जनामा, बझाङको दुर्गाथली गाउँपालिकाका ९ जना र कञ्चनपुरको भीमदत्त नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिएका छन ।
डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप १० जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा २ सय ९० जनाको परीक्षण गर्दा १० जनामा कोरोना पुष्टि भएको प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भुसालले जानकारी दिएका छन ।
भुसालका अनुसार डडेल्धुराका १ र बझाङका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । डडेल्धुराको अमरगढी नगरपालिकाका १ जना, बझाङको दुर्गाथली गाउँपालिकाका ३ जना, मष्ठा गाउँपालिकाका ३ जना, जयपृथ्वी नगरपालिकाका २ जना र तल्कोट गाउँपालिकाका १ जना कोरोना संक्रमित भएको प्रयोगशाला ईन्चार्ज भुसालले बताए ।
जिल्ला अस्पताल डोटीको प्रयोगशालामा आज १ सय जनाको कोरोना परीक्षण गरिएको छ। प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले दिएको जानकारी अनुसार १ सय जनाको कोरोना परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको छ ।
उनका अनुसार अछामको रामारोशन गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। अछामको रामारोशन, डोटीको खप्तड ब्यारेक, नेपाल टेलिकम डोटी, जिल्ला प्रहरी कार्यालय डोटी र बोगटान गाउपालकिाबाट संकलन गरिएका १ सय स्वाब बुधवार परीक्षण गरिएको थियो ।
यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ६ हजार ६६ पुगेको छ। संक्रमण पुष्टि भएका करिब पाँच हजारले कोरोना जितेका छन भने हाल सम्म १४ जना कोरोना संक्रमितको मृत्यु भईसकेको छ ।





प्रतिकृया दिनुहोस्