डडेल्धुरा र डोटी अस्पतालको प्रयोगशालामा थप १९ जनामा कोरोना पुष्टि
डडेल्धुरा, भदौ १० (ई-रैवार)
डडेल्धुरा र डोटी अस्पतालको प्रयोगशालामा थप १९ जनामा कोरोना पुष्टि भएको छ। डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६ सय ५० जनाको कोरोना परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको हो ।
डडेल्धुरा अस्पतालको प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालका अनुसार कैलालीका १३, कञ्चनपुर र डडेल्धुराका २–२ जनामा संक्रमण पुष्टि भएको हो ।
कैलालीको गोदावरी नगरपालिका १२ जना, धनगढी उप–महानगरपालिकाका १ जना, कञ्चनपुरको बेलौरी नगरपालिकाका २ जना, डडेल्धुराको अजयमेरु गाउँपालिकाका १ जना र आलीताल गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाका इन्चार्ज भूषालले जानकारी दिएका छन ।
त्येसैगरी डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा २ जनामा संक्रमण पुष्टि भएको छ। डोटी अस्पतालको प्रयोगशालामा ९१ जनाको कोरोना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।
अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठका अनुसार संक्रमण पुष्टि भएका दुवै जना अछामका हुन। अछामको मेल्लेख गाउँपालिका -६ वडा नम्बर १ का एक/एक जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज श्रेष्ठले बताए ।
प्रतिकृया दिनुहोस्