October 12, 2026, Monday
२०८३ आश्विन २६

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटीको अग्रता, महिलातर्फ प्रतिमा निकै अगाडि

काठमाडौँ ।नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलामा रामहरि खतिवडा र अजयबाबु शिवाकोटीको अग्रता कायमै छ । खुलामा नौजनाबीच प्रतिस्पर्धा भइरहँदा दुईजना निर्वाचित हुनेछन् । जसमा खतिवडा र शिवाकोटीको अग्रता कायमै रहेको हो । 

दुई हजार ४९१ मत गणना गर्दा खतिवडाले एक हजार १२५ मत पाएका छन् भने दोस्रो स्थानका शिवाकोटीले ८०६ मत ल्याएका छन् । 

तेस्रो स्थानका डिल्लीराम सुवेदीले ६१० मत ल्याएका छन् । चौथो स्थानका देवेन्द्रराज कँडेलले ५२४ मत ल्याएका छन् । पाँचौँ स्थानका विकास कोइरालाले ४१५ मत पाएका छन् । छैटौँ स्थानका राजीव ढुंगानाले ३७४ मत पाएका छन् । 

सातौँ स्थानका रमेशप्रसाद धमलाले २९३ मत पाएका छन् । आठौँ स्थानका अमृतकुमार अर्यालले २७२ मत पाएका छन् । पुछारमा रहेका विमलराज क्षेत्रीले ९९ मत पाएका छन् । 

महिलातर्फ प्रतिमा गौतमको फराकिलो अग्रता

महिला सहमहामन्त्रीतर्फ पनि मतगणना जारी छ। महिला सहमहामन्त्रीमा यसअघिका केन्द्रीय सदस्यद्वय प्रतिमा गौतम र नानुमैया बास्तोलाबीच प्रतिस्पर्धा छ । 

जारी मतगणनामा प्रतिमाको भारी मतान्तरको अग्रता देखिएको छ । अहिलेसम्म सहमहामन्त्री महिलातर्फ दुई हजार ४९० मतगणना हुँदा प्रतिमाले एक हजार ६७८ मत पाएकी छन् । यो प्राप्त मतको झन्डै दुईतिहाइ हो । नानुमैयाले ४७९ मत पाएकी छन् ।