कांग्रेस १५औँ महाधिवेशन : सहमहामन्त्रीमा खतिवडाको अग्रता, शिवाकोटी दोस्रो स्थानमा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (खुला) पदको मतगणना जारी छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको मतगणनामा अहिलेसम्म १ हजार ९८९ मत गणना गरिएको छ।

पछिल्लो मतपरिणामअनुसार सहमहामन्त्री (खुला) तर्फ रामहरि खतिवडा अग्रस्थानमा छन्। उनले ९१७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी अजयबाबु शिवाकोटीले ६५३ मत प्राप्त गरेका छन्।

त्यस्तै डिल्लीराम सुवेदीले ५००, देवेन्द्रराज कँडेलले ३९५, विकास कोइरालाले ३३०, राजीव ढुंगानाले २९३ र रमेशप्रसाद धमलाले २४४ मत प्राप्त गरेका छन्।

यसैगरी अमृतकुमार अर्यालले २०४ र विमलराज क्षेत्रीले ७२ मत प्राप्त गरेका छन्।

सहमहामन्त्री (खुला) पदमा २ जना निर्वाचित हुने व्यवस्था रहेकाले पछिल्लो मतपरिणाममा खतिवडा र शिवाकोटी अगाडि देखिएका छन्। यद्यपि, मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।

कांग्रेसको संशोधित विधानअनुसार सहमहामन्त्रीतर्फ विभिन्न समावेशी समूहबाट पदाधिकारी चयन हुने व्यवस्था छ। खुलातर्फ भने दुई सहमहामन्त्री निर्वाचित हुनेछन्।

सहमहामन्त्री खुलातर्फको मतगणना जारी रहेकाले परिणाम फेरबदल हुन सक्ने निर्वाचन समितिले जनाएको छ।

नेपाली कांग्रेस १५औँ महाधिवेशन : अहिलेसम्म निर्वाचित पदाधिकारी

पदसमूहनिर्वाचित नेतामत
सभापतिखुलागगनकुमार थापा६,५८४
वरिष्ठ उपसभापति—विश्वप्रकाश शर्मानिर्विरोध
उपसभापतिखुलाचन्द्रकान्त भण्डारी३,७३५
उपसभापतिखुलामधु आचार्य२,३४२
उपसभापतिमहिलापुष्पा भुसालनिर्विरोध
उपसभापतिसमावेशीविनोदकुमार चौधरी१,७४५
महामन्त्रीखुलाप्रदीप पौडेल४,१९४
महामन्त्रीखुलाउदयशमशेर राणा२,३३०
महामन्त्रीमहिलाडिला संग्रौला३,११८