April 4, 2026, Saturday
२०८२ चैत्र २१

प्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’ : काठमाडौंबाट १९५ जना पक्राउ

काठमाडौँ : प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट १९५ जनालाई पक्राउ गरेको छ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाका अनुसार पक्राउ पर्नेहरूमा रात्रिकालीन व्यवसायमा गुण्डागर्दी गर्ने, सार्वजनिक सम्पत्तिमा हुलहुज्जत गर्ने र विमानस्थलमा यात्रुलाई दुःख दिनेहरू रहेका छन्।

उनीहरुलाई पक्राउ गर्न प्रहरीले शुक्रबार रातभर ‘सर्च अप्रेशन’ चलाएको थियो। 

विमानस्थलबाट १८ जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट यात्रुहरूलाई दुःख हैरानी दिने तथा ठगी गरेको आरोपमा प्रहरीले १८ जनालाई नियन्त्रणमा लिएको छ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईका अनुसार काठमाडौं महानगरपालिका–९ स्थित विमानस्थल क्षेत्रमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरू:

१) सर्लाही घर भई सिनामंगल बस्ने १८ वर्षीय सूर्य माझी

२) बाँके घर भई एयरपोर्ट बस्ने २२ वर्षीय एकेश तामाङ

३) पाँचथर घर भई एयरपोर्ट बस्ने २६ वर्षीय प्रेमकुमार मगर

४) सिन्धुली घर भई नयाँबस्ती बस्ने ३२ वर्षीय राजकुमार राई

५) मकवानपुर घर भई एयरपोर्ट बस्ने ४० वर्षीय मंगलमान घलान

६) पाँचथर घर भई टोखा बस्ने ३८ वर्षीय खगेन्द्र लिम्बु

७) मोरङ घर भई एयरपोर्ट बस्ने २९ वर्षीय आशिष खतिवडा

८) मकवानपुर घर भई सम्भुमार्ग बस्ने ३४ वर्षीय बिश्व मोक्तान

९) धनुषा घर भई एयरपोर्ट बस्ने ४५ वर्षीय वीरेन्द्र झा

१०) सिराहा घर भई तिलगंगा बस्ने ६० वर्षीय लड्डा मियाँ

११) मोरङ घर भई नयाँ बसपार्क बस्ने ४६ वर्षीय परशुराम राई

१२) रामेछाप घर भई भक्तपुर बस्ने २७ वर्षीय सन्तु तामाङ

१३) धनुषा घर भई तिलगंगा बस्ने ५३ वर्षीय रघुवीर शाह

१४) महोत्तरी घर भई तिलगंगा बस्ने ३३ वर्षीय राजीवकुमार रावत

१५) धनुषा घर भई गौशाला बस्ने २६ वर्षीय सरोजकुमार महतो

१६) मकवानपुर घर भई गौशाला बस्ने १९ वर्षीय अजय लामा

१७) झापा घर भई सिनामंगल बस्ने ३९ वर्षीय केशव लिम्बु

१८) बझाङ घर भई सिनामंगल बस्ने २० वर्षीय रामप्रसाद जोशी

१९) बझाङ घर भई कीर्तिपुर बस्ने २९ वर्षीय विमलराज जोशी

गुण्डागर्दीमा संलग्न ५ जना

१. प्रविण तामाङ – श्याम लामा समूहमा सक्रिय, बौद्द एरियामा गुण्डागर्दी गर्दै आइरहेको।

२. बिर्जु महर्जन-कलंकी (बाफल) एरियामा गुण्डागर्दीमा संलग्न।

३. सुजन कार्की-कलंकी बस टिकट काउन्टर र पेट्रोल पम्प आसपास क्षेत्रमा गुण्डागर्दीमा सक्रिय।

४. सरु गुमागाई‌ं-स्यूचाटार एरियामा गुण्डागर्दीमा सक्रिय।

५. विकी लामा-बौद्द एरियामा लुटपाट तथा गुण्डागर्दीमा संलग्न।

किमजोङ बोससहित १३ जना पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गुण्डागर्दीमा संलग्न भएको आरोपमा १३ जनालाई नियन्त्रणमा लिएको छ । 

अपराध अनुसन्धान कार्यालयका अनुसार रातभर चलाइएको अप्रेसनमा किमजोङ बोससहित अशोक गिरी, सञ्जीव लामा, सुरेश गुरुङसमेत १३ जनालाई पक्राउ गरेको हो ।

कान्तिपुरबाट