दार्चुलामा खोलामा बगेर दुई जना बेपत्ता
- Eraibar
- २०८१ जेष्ठ १४, सोमबार १५:१९
- 11 Shares

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकामा खोलामा बगेर २ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार गए राति मार्मा गाउँपालिका –५ मुरैस्थित गन्याड खोला तर्ने क्रममा बगेर स्थानीय २५ वर्षीया झुपा टमटा र ६ वर्षीय ऐन विक बेपत्ता भएका हुन् ।
दुवैजना नातामा काकी भतिजा पर्छन् । अत्यधिक वर्षापछि खोलामा आएको बाढीले दुवै जनालाई बगाएको मार्मा गाउँपालिका –५ का वडाअध्यक्ष सुरेन्द्र महताले जानकारी दिए । बेपत्ताको खोजी गर्न इलाका प्रहरी कार्यालय लटिनाथको टोली घट्नास्थलमा खटिएको छ । रासस
-
‘घरकी’लाई नभनी ‘अर्की’को फोटो लाइक गरे डिभोर्स !
२०८२ मंसिर १८, बिहीबार १०:३८ -
एनपीएलमा आज दुई खेल हुदै : पोखरा-काठमाण्डु र सुदूरपश्चिम-चितवन बीच प्रतिस्पर्धा हुने
२०८२ मंसिर १८, बिहीबार १०:५० -
प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात मतदानस्थल थपिए
२०८२ मंसिर १८, बिहीबार १०:५८ -
दार्चुलामा भूकम्पको धक्का
२०८२ मंसिर २१, आईतवार १०:१० -
आज अन्तरराष्ट्रिय अपाङ्गता दिवस मनाइँदै
२०८२ मंसिर १७, बुधबार ०९:४५




प्रतिकृया दिनुहोस्