May 1, 2026, Friday
२०८३ बैशाख १९

बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ

बर्दिया । बर्दियामा बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार बर्दियाको बाँसगढी नगरपालिका – ४ का वडाध्यक्ष ४६ वर्षीय कृष्णप्रसाद बास्तोला पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी तुल्सीराम अर्यालले २० बर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई बिहीबार बेलुका पक्राउ गरेको जानकारी दिएका छन्।

युवतीले बेलुकी ७ बजे वडाध्यक्ष बास्तोलाविरूद्ध प्रहरीमा जाहेरी दिएकी थिइन्। ‘जाहेरी आएपछि हामीले ८ बजेतिर आरोपीलाई पक्राउ गरेका हौं,’ डिएसपी अर्यालले बताए । उनीमाथि थप अनुसन्धान भइरहेको डिएसपी अर्यालले जानकारी दिएका छन्।