दार्चुलामा ९ किलो चरेससहित २ जना पक्राउ

दार्चुला । दार्चुलामा लागूऔषध चरेससहित दुई जना पक्राउ परेका छन् । मंगलवार बिहान शैल्यशिखर नगरपालिका ९ नायलबाट एक महिला र पुरुष चरेससहित पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले पक्राउ पर्नेमा बैतडीको पुर्चौडी नगरपालिका ४ भटनाका ३५ वर्षीया भावना धामी र सोही ठाउँका ४४ वर्षिय जय बहादुर धानुक रहेको जानकारी दिएका हुन ।
इलाका प्रहरी कार्यालय गोकुलेश्वर र जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटि गएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा चेकजाँच गर्दा उनीहरुको साथबाट ८ किलो ८५० ग्राम चरेस बरामद गरि नियन्त्रणमा लिएको सूचना अधिकारी सिंहले बताए ।
उनका अनुसार धामीको साथबाट ६ किलो र धानुकको साथबाट २ किलो ८५० ग्राम चरेस बरामद गरिएको हो । दुवै जनालार्ई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





प्रतिकृया दिनुहोस्