June 26, 2026, Friday
२०८३ असार १२

दार्चुलामा आत्मदाह प्रयास गरेकी महिलाको मृत्यु

दार्चुला । दार्चुलामा शरीरमा मट्टीतेल छर्केर आगो लगाएर आत्मदाहको प्रयास गरेकी महिलाको मृत्यु भएको छ । आइतबार घरमा कोही नभएको बेला शरीरमा आगो लगाएकी शैल्यशिखर नगरपालिका-५ सेतकलाकी ४५ वर्षीया सुना साउँदको मृत्यु भएको प्रहरीले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेले दिएको जानकारी अनुसार उनको गोकुलेश्वर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी लैजाने क्रममा बैतडीको पाटन पुग्ने बेला मृत्यु भएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।