April 18, 2026, Saturday
२०८३ बैशाख ५

नेत्र ज्योति संघ डोटीको सभापतिमा श्रेष्ठ चयन

डोटी / नेपाल नेत्र ज्योति संघ डोटीको सभापतिमा रवीन्द्र श्रेष्ठ चयन भएका छन् ।

शनिबार सिलगढीमा भएको तेस्रो जिल्ला सभाबाट श्रेष्ठ सभापति पदमा निर्विरोध निर्वाचित भएका हुन् ।

अधिबेशनबाट उपाध्यक्ष पदमा हेमराज जोशी , सचिवमा लवदेव भट्ट , कोषाध्यक्षमा महेश टेलर, सह – सचिवमा ममता गुरुङ र सह कोषाध्यक्षमा कर्ण बहादुर मलासी निर्विरोध निर्वाचित भएका छन् ।

नेपाल परिवार नियोजन संघको सभा हलमा सम्पन्न भएको तेस्रो जिल्ला सभामा नेपाल नेत्र ज्योति संघका केन्द्रीय उपाध्यक्ष तथा निर्वाचन अधिकृत चक्र बहादुर सिंहले सम्बोधन गर्दै डोटी जिल्ला पुरानो इतिहास बोकेको जिल्ला भएका कारण आर्थिक रूपले विपन्न नागरिकले कहिल्यै पनि आँखा उपचार नपाएर बस्न नदिने तथा उनीहरूको नि शुल्क उपचार गरिने बताए।
आफू पनि डोटेली भएका कारण प्रदेश र केन्द्रमा समेत जिल्लाको समग्र विकासका लागि भूमिका खेल्ने कुरामा जोड दिए ।

नेत्र ज्योति सँघ डोटीका सभापति तथा कानुन व्यवसायी गोविन्द जोशीको अध्यक्षतामा गरिएको कार्यक्रममा विभिन्न व्यक्तिहरूको सहभागिता रहेको थियो ।

नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै जोशीले आफूले नेपाल नेत्र ज्योति सँघको गरिमा बढाउन जिल्लामा विभिन्न कार्यक्रम गरेको बताए । आगामी दिनमा नेत्र ज्योति संघको दीर्घकालीन रणनीतिका साथ अगाडी बढ्न सुझाव दिएका छन ।