अफगानिस्तानमा ठूलो भुइँचालो, भारतको दिल्लीमा समेत कम्पन

काठमाडौं । अफगानिस्तानमा मंगलबार राति पौने ११ बजेतिर ६.८ म्याग्निच्युडको भुइँचालो गएको छ। भुइँचालोको कम्पन पाकिस्तानदेखि भारतको राजधानी नयाँ दिल्ली र उत्तर भारतका विभिन्न ठाउँमा महसुस गरिएको हो ।
भारतीय सञ्चारमाध्यमहरूका अनुासार भुइँचालोको केन्द्रविन्दु अफगानिस्तानको कालफगान भन्ने ठाउँबाट ९० किलोमिटर दुरीमा रहेको छ । भारतीय अखबार हिन्दुस्तान टाइम्समा भुइँचालोबाट के कति क्षति भयो भन्ने विवरण आइ नसकेको उल्लेख गरेको छ।
अहिलेसम्म प्राप्त रिपोर्टअनुसार यसको कम्पन काजकिस्तान, ताजकिस्तान, उज्बेकिस्तान, किर्गिस्तान र चीनका विभिन्न ठाउँमा समेत महसुस गरिएको छ।
गत वर्ष पनि अफगानिस्तानको उत्तरी क्षेत्रमा ६.१ म्याग्निच्युडको भुइँचालो जाँदा हजार जनाभन्दा बढीको ज्यान गएको थियो।
नेपालसहित भारत, पाकिस्तान, अफगानिस्तान लगायत दक्षिण एसियाली देशहरू एउटै टेक्टोनिक प्लेटमा पर्छन्। यहाँ इन्डियन प्लेट युरेसियन प्लेटमुनि घुस्रिरहेकाले भुइँचालोको जोखिम अत्यन्तै धेरै छ। इन्डियन र युरेसियन प्लेटको घर्षणकै कारण २०७२ सालमा नेपालमा भुइँचालो गएको थियो।
विस्तृत विवरण आउन बाँकी रहेको छ ।





प्रतिकृया दिनुहोस्