सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई माओवादी र नागरिक उन्मुक्तिले विश्वासकाे मत दिने

धनगढी । नेकपा माओवादी केन्द्रले मुख्यमन्त्रीमा कमलबहादुर शाहलाई समर्थन गर्ने निर्णय गरेको छ । आईतबार बसेको सुदूरपश्चिम संसदिय दलको बैठकले मुख्यमन्त्री शाहलाई समर्थन गर्ने निर्णय गरेको हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने निचोडमा माओवादी पुगेको हो ।
‘सुदूरपश्चिम संसदिय दलको बैठकले मुख्यमन्त्रीलाई समर्थन गर्ने निर्णय गरेको छ’ संसदिय दलका उपनेता अक्कल रावलले भने –‘पावर सेयरिङका विषयमा पार्टीको केन्द्रिय कार्यालय र मुख्यमन्त्रीलाई लिखित सहमतिका लागि बुँदागत लेखेर पठाएका छौं । उहाँले सहमतिका आधारमा अघि बढ्छौं भनि आश्वासन दिएका छन् । हामी विश्वासको मत दिन्छौं ।’
दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा शाहले विश्वासको मत लिने कार्यसूची छ । यसअघि नागरिक उन्मुक्ति पार्टीले पनि शाहलाई विश्वासको मत दिने बताइसकेको छ । ७ सांसद रहेको नागरिक उन्मुक्ति पार्टीले लिखित सम्झौता नभएसम्म विश्वासको मत नदिने बताउदैँ आएको भएपनि आज भने बिस्वासको मत दिने निर्णय गरेको छ ।
नागरिक उन्मुक्तीका संसदीय दलका नेता रामेश्वर चौधरीले शाहलाई बिस्वासको मत दिने बताएका छन् । ‘हामी बिस्वासको मत दिन्छौ चौधरीले भने सबै जना धनगढीमै छौ म मात्रै काठमाडौँ थिए म पनि बिस्वासको मत दिने भएपछि धनगढी फर्किएको छु ।,’ अहिले पनि हामी छलफलमा छलफलमा बसेका छौ ।
माओवादी र नाउपाको समेत साथ पाउने भएपछि मुख्यमन्त्री शाहले प्रदेशसभाबाट प्रचण्ड बहुमत पाउने निश्चित भएको छ । ५३ सदस्यीय प्रदेश सभामा विश्वासको मत सिद्ध गर्न २७ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेश सभामा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका सभामुख बाहेक १०, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४, राष्ट्रिय प्रजातन्त्र पार्टीका १ र १ जना स्वतन्त्र सांसद छन्।
माओवादी केन्द्रले शाहलाई विश्वासको मत दिएमा उनी मुख्यमन्त्री पदमा सुरक्षित रहने छन् । ठुलो दलबाट मुख्यमन्त्रीमा नियूक्त हुँदा शाहसंग नेपाली काँग्रेसका १९, नेकपा एकीकृत समाजवादी पार्टीका चार जना गरि २३ जनाको समर्थन रहेको थियो । नेकपा माओवादी केन्द्रका १० जना र नागरिक उन्मुक्तिका सात तथा एक स्वतन्त्रबाट विश्वासको मत पाए उनलाई विश्वासको मतका लागि ४१ जनाको समर्थन पुग्ने छ ।





लेखकको सम्वन्धमा