May 2, 2026, Saturday
२०८३ बैशाख १९

ताजकिस्तानमा ७.२ म्याग्निच्युडको भूकम्प, चीनको सीमानजिकै केन्द्रविन्दु

काठमाडौं । ताजकिस्तानमा ठूलो भूकम्प गएको छ । रोयटर्सका अनुसार आज बिहान स्थानीय समयअनुसार ८ बजेर ३७ मिनेट जाँदा ७.२ म्याग्निच्युडको भूकम्प गएको हो।

चीनको सीसीटीभीलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार केन्द्रविन्दु चीनको सीमानजिकै रहेको छ । चीनको सीमाभन्दा ८२ किमि टाढा केन्द्रविन्दु भएको हुँदा भूकम्पको धक्का चीनसम्म महसुस भएको थियो ।