June 26, 2026, Friday
२०८३ असार १२

दार्चुलामा महाकाली नदीको धार परिवर्तन गर्न खोज्दा विवाद

दार्चुला । दार्चुलामा महाकाली नदीको धार नेपालतर्फ फर्काएर तटबन्धन गर्न खोजेपछि विवाद भएको छ । भारतीय पक्षले दार्चुला जिल्लाको सदरमुकाम खलंगास्थित नेपाल–भारत जोड्ने पुलको दक्षिण र उत्तरतर्फको भागमा तटबन्धन गर्न खोजेपछि विवाद भएको हाृ ।

स्थानीय प्रशासनले भारतीय पक्षले खलंगास्थित नेपाल–भारत जोड्ने पुलको दक्षिण र उत्तरतर्फको भागमा पानीको बहाव नेपालतर्फ फर्काएर तटबन्ध गर्न खोज्दा विवाद भएको जनाएको छ ।

दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदका अनुसार पुलको उत्तरतर्फ पर्ने क्षेत्रमा तटबन्ध गर्ने विषयमा दुवै पक्षका प्राविधिकको अध्ययनपछि मात्र काम थाल्ने मौखिक समझदारी विपरीत भारतीय पक्षले काम गरेपछि आइतबार खलंगा क्षेत्र तनावग्रस्त बनेको छ । सो क्रममा ढुङ्गामुढा हानाहान समेत भएको छ भने केहीबेर नाका समेत बन्द गरिएको थियो ।