May 2, 2026, Saturday
२०८३ बैशाख १९

वुद्ध जयन्ती मनाउन मोदी लुम्बिनीमा

काठमाडौं: आज २५६६ औं बुद्ध जयन्तीको अवसरमा एक दिने औपचारिक नेपाल भ्रमणमा नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीमा अवतरण गरेका छन् ।

भारतीय वायु सेनाको हेलिकप्टरबाट मोदी बिहान १०ः४० बजे लुम्बिनी आइपुगेका हुन् । मोदीलाइ लुम्बिनीमा प्रधानमन्त्री शेर बहादुर देउवाले स्वागत गरेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले केही बेरमै मायादेवी मन्दिरको दर्शन गरी मन्दिर भित्र रहेको मार्कर स्टोनमा पुष्प अर्पण गरी पुजा गर्ने,पुष्करणि पोखरीको अवलोकन सहित अशोक स्तम्भ अगाडी दीप प्रज्ज्वलन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री शेरबहादुर देउवा र समकक्षी मोदीले संयुक्त रुपमा दिप प्रज्ज्वलन गर्ने उपाध्यक्ष त्रिपाठीले जानकारी दिए। मायादेवी मन्दिर परिषरमा रहेको बोधीबृक्षमा जल अर्पण गरी आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्ने छन। मोदीको मायादेवि मन्दिर दर्शनका बेला बौद्ध धर्मगुरुको सानो टोलीलाइ मात्रै प्रवेश दिइएको छ।