May 1, 2026, Friday
२०८३ बैशाख १९

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस नेपाल आउँदै

काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस नेपाल आउने भएका छन् । डब्ल्यूएचओका महानिर्देशक डा. गेब्रेयसस तीनदिने औपचारिक भ्रमणका लागि भोलि नेपाल आउने भएका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार वैशाख ८ देखि १० गतेसम्म हुने भ्रमणको क्रममा महानिर्देशक डा. टेड्रोसका साथ डब्ल्यूएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल र डब्ल्यूएचओका अन्य अधिकारीहरू पनि नेपाल आउने भएका हुन ।

नेपाल आउनु अघि टेड्रोससहितको टोली भारतमा हुने एक कार्यक्रममा सहभागी हुने छन् । नेपाल भ्रमणको क्रममा गेब्रेयससले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । उनले परराष्ट्रमन्त्री डा. नारायण खड्का र स्वास्थ्य तथा जनसंख्यामन्त्री खतिवडासँग पनि भेट गर्ने कार्यक्रम छ ।