भारतमा थप ७१ हजार सङ्क्रमित, १२ सयको मृत्यु
- Eraibar
- २०७८ माघ २६, बुधबार १३:३४
- 32 Shares

नयाँदिल्ली : भारतमा कोरोनाभाइरसका कारण पछिल्लो एक दिनमा थप ७१ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार गत २४ घण्टामा ७१ हजार ३५६ जना नयाँ सङ्क्रमित भएका हुन् ।
सङ्घीय स्वास्थ्य मन्त्रालयले सोही अवधिमा अरु एक हजार २१७ जनाको मृत्यु भएको जनाएको छ । यससँगै भारतमा अहिलेसम्म कुल मृतकको सङ्ख्या पाँच लाख पाँच हजार २७९ पुगेको छ ।
नयाँ सङ्क्रमितहरुको सङ्ख्या निकै कम हुँदै गएपछि अहिले भारतमा सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या आठ लाख ९२ हजार ८२८ पुगेको छ ।
सोही अवधिमा एक लाख ७२ हजार २११ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या चार करोड १० लाख १२ हजार ८६९ पुगेको छ । रासस/एएनआई
- नेकपाले तोक्यो प्रदेश इन्चार्ज-संयोजक, सुदूरपश्चिम इन्चार्ज भीम रावल र संयोजक हरेराम चौधरी
- कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत
- ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ अभियान सुरु, धनगढीबाट मेयरसहितको टोली अपि प्रस्थान
- निजामती विधेयकमा ट्रेड युनियन अधिकार कटौतीप्रति कर्मचारी संगठनको विरोध, दिए आन्दोलनको चेतावनी
- सुदूरमा स्वास्थ्य विश्वविद्यालय : सेवा अब झिक्कै-झिक्कै
-
तेलको मूल्य बढ्ने सूचना पम्पलाई चुहाएर आयल निगमलाई करोडौं नोक्सानी
२०८३ बैशाख ११, शुक्रबार ००:२७ -
आज लोकतन्त्र दिवस : २० वर्षअघि ‘जनता जितेको’ दिन
२०८३ बैशाख ११, शुक्रबार ०७:३१ -
सुदूरपश्चिममा १८ हजार मेगावाट जलविद्युत सम्भावना, तर एक प्रतिशत पनि छैन उत्पादन
२०८३ बैशाख ११, शुक्रबार ००:५१ -
सुदूरपश्चिम र लुम्बिनीका तराई क्षेत्रमा लुको लहर चल्ने पूर्वानमान
२०८३ बैशाख ११, शुक्रबार ०७:४८ -
नयाँ वर्षमा विपद् : १० दिनमै १९ जनाको ज्यान गयो
२०८३ बैशाख ११, शुक्रबार ००:३६





प्रतिकृया दिनुहोस्