May 10, 2025, Saturday
२७ बैशाख २०८२, शनिबार

गठबन्धन सिँहदरवारको सरकार सञ्चालनका लागि मात्रै हो : बलायर

डोटी, मंसिर २(ई-रैवार)

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबं पुर्व मन्त्री वीरबहादुर बलायरले पाँच दलिय गठबन्धन सिँहदरबारबाट सरकार सञ्चालनका लागि मात्रै भएको बताएका छन् ।नेपाल प्रेस युनियन डोटी शाखाद्वारा दिपायलमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘गठबन्धन सधैभरीका लागि वा गाउँबस्तीसम्मका लागि बनेको होईन् । गठबन्धन हुँदैमा गठबन्धनका सहयात्री दलका गलत क्रियाकलापहरुमा समेत चुप लाग्नुपर्छ भन्ने छैन्,’ पत्रकार सम्मेलनमा बोल्दै उनले भने,‘कम्युनिष्ट सरकारले विगतमा गरेका अपराधको संरक्षण गर्न हामी तयार छैनौ ।’ सुदूरपश्चिम प्रदेश सरकारका क्रियाकलापहरुलाई लक्षित गर्दै उनले भने,‘यो प्रदेशमा त हामी सत्ता गठबन्धनमा पनि छैनौ । योजना किनबेच गर्ने, कार्यकर्ता र जनतालाई समेत भ्रष्टचार गर्न उत्प्रेरित गर्ने सरकारको पक्षमा कांग्रेस हुनसक्दैन् ।’ आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनावमा जाने समेत उनले बताए ।

आशन्न कांग्रेस महाधिवेशनका बिषयमा सम्बोधन गर्दै नेता बलायरले पार्टीका नेताको अस्वस्थ आलोचना गरेर पार्टीलाई बलियो बनाउन नसकिने बताए । उनले भने, ‘नेतृत्व गरिरहेको व्यक्तीलाई अस्वस्थ आलोचना गरेर पार्टी कमजोर हुन्छ । त्यसैले स्वस्थ प्रतिस्पर्धात्मक भावमा सबैले उत्रनुपर्छ ।’

सर्बोच्च अदालत प्रधान्यायाधिस विवादका बिषयमा पत्रकारले सोधेको प्रश्नमा बोल्दै उनले त्यो बिषय न्यायपालिकाको बिषय भएकाले कांग्रेस नबोलेको बताए । ‘कांग्रेस बिधि, पद्धतीमा विश्वास गर्ने पार्टी हो । हामी स्वतन्त्र न्यायपालिकाको अवधारणामा कटिबद्ध छौ । त्यसैले सर्वोच्चभित्रकोे विवाद त्यहीँभित्रबाटै समाधान होस भन्ने कांग्रेसले चाहेको छ,’ उनले भने ।

एमसिसि परियोजना संसदको विषय भएकाले कांग्रेस एक्लैको अनुमोदन गर्ने अवस्थामा नरहेको नेता बलायरले बताए । उनले भने,‘यसमा भएका प्राबधानका बिषयमा जुन कुरा उठेका छन् । त्यसबारे प्रष्ट भईसकेको छ । अब यसको बाँकी काम संसदबाट हुने हो । संसदमा कांग्रेस एक्लैले चाहेर अनुमोदन गर्न नसकिने अवस्था छ ।’