May 2, 2026, Saturday
२०८३ बैशाख १९

जम्मु काश्मिरमा मुठभेड, २ सैनिकसहित ९ को मृत्यु

नयाँदिल्ली, कार्तिक १ (ई-रैवार) 

जम्मु काश्मिरमा केही दिनदेखि सेना र आतंकबादी समुहबीचको मुठभेडमा दुई सैनिक सहित ९ जनाको मृत्यु भएको छ ।

जाम्मु काश्मिर भारत प्रशाशित प्रदेश हो । कश्मिरबाट सय किलोमिटर टाढा सरनकोट स्थित एक गाउँमा आतंकबादी समुहविरुद्धको कारबाही अभियानका क्रममा दोहोरो मुठभेड भएको हो ।

अभियानको अघिल्लो दिन आतंकवादी समूहले चलाएको गोली लागि पाँच सैनिकको मृत्यु भएको भएपछि उनीहरूविरुद्ध कारबाही तीव्र पारिएको हो ।

गाउँको नजिकै जंगलमा वर्षौदेखि पकड जमाई बसेका आतंकवादी समुहमाथि सेनाले कारबाही गर्दा उनीहरुतर्फ दर्जनौं घाइते भएको बताइएको छ ।