सुदूरपश्चिम प्रदेशमा आइतबार ३८४ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

धनगढी, जेठ ९ (ई-रैवार)
सुदूरपश्चिम प्रदेशमा आइतबार थप ३८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट १ हजार ६१३ जनाको नमुना परीक्षण गर्दा ३८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार सुदूरपश्चिम प्रदेशमा आइतबार थपिएका ३८४ जना सहित कोरोना संक्रमितको संख्या ३५ हजार ५३६ पुगेको छ ।
सुदूरपश्चिम प्रदेशमा आज थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका ४ जिल्लाका १० जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
कैलालीका ६ जना, बाजुराका २ जना, कञ्चनपुर र बैतडीका १/१ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।
योसँगै प्रदेशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३८ पुगेको छ ।





प्रतिकृया दिनुहोस्