April 18, 2026, Saturday
२०८३ बैशाख ५

बैतडीमा जिप दुर्घटना : एकजनाको मृत्यु, तीन घाइते

बैतडी, ९ पुस (ई-रैवार)

बैतडीको सुनर्या गाउँपालिका–७, आलुगैरामा बिहीबार बिहान जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।बिहान ५ बजेतिर से१ज ८४३ नम्बरको जीप दुर्घटना हुँदा बुङ्गल नगरपालिका–११ घर भएका २७ वर्षीय चालक धनबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको हो  ।

दुर्घटनामा बैतडी, पुर्चौडी नगरपालिका–४ घर भएका ३५ वर्षीय जनकराज भट्ट, सोही ठाउँ घर भएका ४० वर्षीय गङ्गादत भट्ट र बझाङको वित्थडचिर गाउँपालिका घर भएका २८ वर्षीया हरिस बोहरा घाइते भएका छन् । बोहरा बाहेकका २ जनाको अवस्था गम्भीर रहेको छ। उनीहरुलाई घट्नास्थलबाट उद्दार गरी उपचारका लागी डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

बैतडीको सुनर्या गाउँपालिका–७, आलुगैरा भन्ने ठाउँमा धनगढीबाट बझाङ आउनेक्रममा जीप अनियन्त्रित भएर सडकभन्दा १५० मिटर तल खसेको थियो । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता जनकबहादुर धामीले जानकारी दिए ।