April 18, 2026, Saturday
२०८३ बैशाख ५

डिलाशैनी गाउँपालिका १० दिनका लागि लकडाउन

बैतडी, मंसिर १६ (ई-रैवार) 

बैतडीको डिलाशैनी गाउँपालिकालाई १० दिनका लागी लकडाउन गरिएको छ । डिलाशैनी गाउँपालिकामा समुदाय स्तरमै लक्षण सहितका कोरोना संक्रमित फेला परेपछि १० दिन लकडाउन गर्ने निर्णय भएको हो ।

डिलाशैनी गाउँपालिकामा मंगलबार गाउँपालिकाको विपद व्यस्थापन समितिको वैठकले मंसिर १६ गतेदेखि मंसिर २६ गतेसम्म, अत्यावश्यक सेवा बाहेक यातायात र बजार पूर्ण रुपमा बन्दगर्ने, निर्णय गरेको पालिका अध्यक्ष उकेन्द्रबहादुर रोकायाले बताए ।

दैनिक उपभोग्य पसल भने विहान ८ बजेदेखि ९ बजेसम्म खोल्न दिने निर्णय गरेको र बैंक तथा बीत्तीय संस्था हप्तामा तीन दिन आईतबार, मंगलबार र विहीबार बैङ्कि सेवा दिने निर्णय गरेको अध्यक्ष रोकायाले बताए । लकडाउन अवधिभर कुनै पनि प्रकारका बैठक समिक्षा, गोष्ठी, सेमिनार , छलफल, भेला जस्ता सामुहिक जमघट भीडभाड नगर्ने, लगायतका निर्णय रहेका छन् ।