सुदूरपश्चिम प्रदेशमा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, मंसिर १० (ई–रैवार)
सुदूरपश्चिम प्रदेशका थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ५ वटा प्रयोगशालामा गरीएको परीक्षणमा ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सुदूरपश्चिम प्रदेशको सामाजीक मन्त्रालयलका अनुसार सेती प्रादेशिक अस्पताल आज थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक अस्पतालको प्रयोगशालामा आज ३ सय १३ जनाको परीक्षण गर्दा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार १६ महिला र १९ पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ ।
सूचना अधिकारी श्रेष्ठका अनुसार उपमहानगरपालिकाको वडा नम्बर १ का २ जना, वडा नम्बर २,३,५र८ का १/ १ जना, धनगढीको वडा नम्वर नखुलेका १ जनामा कोरोना संक्रमण देखिएको छ ।
कैलालीको टिकापुरका ८ जना, गोदावरीका ४ जना,घोडाडोडीका १ जना, र कैलालीको स्थानीय तह नखुलेका १ जनामा पनि कोरोना संक्रमण देखिएको छ ।
यस्तै कञ्चनपुरको भिमदत्तका ६ जना, बेतकोटका ४ जना, पुर्नवासका २ जना, बेलडाडीका १ जना र बझाङका १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप १७ जना, बैतडी अस्पतालको प्रयोगशालामा १३ जना, डोटी अस्पतालको प्रयोगशालामा २ जना, कमल बजारको प्रयोगशालामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजीक मन्त्रालयलले जनाएको छ ।
डडेल्धुरा अस्पतालमा बुधवार १७ जनामा कोरोना पुष्टि भएको छ । अस्पतालमा पछिल्लो २४ घण्टामा ८० जनाको स्वाव परिक्षण गर्दा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला अस्पतालमा गरिएको परिक्षणमा डडेल्धुराको अमरगढी नगरपालिकामा ३ जना, जिल्ला अस्पतालमा कार्यरत १ जना, र दार्चुलाका १३ जनामा कोरोना पुष्टि भएको कोभिड सम्पर्क व्यक्ति सिद्धराज भटटले बताए ।
यस्तै, बैतडीमा १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा ८३ जनाको परीक्षण गरिएकोमा दशरथचन्द नगरपालिका ४ जना, पुरचौडी नगरपालिकामा १ जना,सशस्त्र प्रहरी बल नेपाल, गुल्म नम्बर ५१ बैतडीका ६ जना, र जिल्ला प्रहरी कार्यालय बैतडीका २ रहेको ल्याव टेक्निसियन डम्मर पुजाराले बताए ।
डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप २ जनामा संक्रमण पुष्टि भएको छ । १४ जनाको कोरोना परीक्षण भएकोमा २ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठका अनुसार कोरोना पुष्टि हुनेमा डोटीको दिपायल सिलगढी नगरपालिकामा १ जना र जिल्ला प्रहरी कार्यालयका १ जना गरि २ जनामा कोरोना संक्रमण भेटिएको बताए ।
यस्तै, बझाङको अस्पतालमा १ सय २४ जनाको स्वाव परिक्षण गरिएकोमा १५ जनामा कोरोना पुष्टि भएको जिल्ला अस्पताल बझाङका ल्याव ईन्चार्ज नरेश खडकाले जानकारी दिएका छन् ।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीका अनुसार यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ११ हजार २ सय ८३ पुगेको छ ।





प्रतिकृया दिनुहोस्