March 11, 2025, Tuesday
२७ फाल्गुन २०८१, मंगलवार

विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड ५९ लाख, यस्तो छ सार्क राष्ट्रको तथ्यांक

काठमाडौं, कार्तिक १६ (ई-रैवार) 

विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ करोड ५९ लाख नाघेको छ।  आइतबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ४ करोड ५९ लाख  ६० हजार ७ सय ८० जना  संक्रमित भएको तथ्यांक रहेको छ।

अमेरिकामा संक्रमितको संख्या ९१ लाख १६ हजार १ सय ८६ पुगेको छ। त्यस्तै भारतमा ८१ लाख ३७ हजार १ सय १९ ब्राजिलमा ५५ लाख ३४ हजार ६ सय ५ र रुसमा १६ लाख ६ हजार २ सय ६७ जनामा  संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।

त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ११ लाख ९३ हजार नाघेको छ । पछिल्लो तथ्यांक अनुसार ११ लाख ९३ हजार ८ सय ५९ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।

अमेरिकामा २ लाख ३० हजार ३ सय ४५,  ब्राजिलमा १ लाख ५९ हजार ८ सय ८४, मेक्सीकोमा  ९१ हजार २ सय ८९, बेलायतमा ४६ हजार ६ सय ४५, इटालीमा ३८ हजार ६ सय १८ जनाको मृत्यु भएको छ

विश्वभर दुई करोड ९८ लाख ७७ हजार ४ सय ४३ जना संक्रमणमुक्त भएका छन्। आइतबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ५० लाख ५ हजार १ सय ६१, अमेरिकामा ३६ लाख १२ हजार ४ सय ७८, रुसमा १२ लाख  ८ हजार ४ सय ४० जना संक्रमणमुक्त भएका छन्।

नेपालमा पनि एक लाख ७० हजार ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये एक लाख ३१ हजार २ सय २२ जना संक्रमणमुक्त भएका छन् भने ९ सय ३७ जनाको मृत्यु भएको छ।

भारतमा संक्रमितको संख्या ८१ लाख ३७ हजार १ सय १९ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या एक लाख २१ हजार ६ सय ४१ पुगेको छ। भारतमा हालसम्म ७४ लाख ३२ हजार ८ सय २९ जना  संक्रमित संक्रमणमुक्त भएका छन्।

पाकिस्तानमा हालसम्म ३ लाख ३२ हजार ९ सय ९३ सय जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार ८ सय ६ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म ३ लाख १४ हजार ६६ जना उपचारपछि निको भएका छन्।

बंगलादेशमा कोरोना संक्रमितको संख्या ४ लाख ७ हजार ६ सय ८४ पुगेको छ। बंगलादेशमा हालसम्म ५ हजार ९ सय २३ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा  ३ लाख २४ हजार १४ सय ५ छ।

अफ्गानिस्तानमा संक्रमितको संख्या ४१ हजार ४ सय २५ पुगेको छ। अफगानिस्तानमा १ हजार ५ सय ३६ जनाको मृत्यु भइसकेको छ भने ३४ हजार ३ सय २१  जना उपचारपछि निको भएका छन्।

माल्दिभ्समा संक्रमितको संख्या ११ हजार ६ सय ५९ जना रहेको छ। मृत्यु हुनेको संख्या ३८ छ भने उपचारपछि निको हुनेको संख्या १० हजार ८ सय १४ पुगेको छ ।

श्रीलंकामा संक्रमितको संख्या १० हजार ६ सय ६३ जना  रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या २० छ भने निको हुनेको संख्या ४ हजार ३ सय ९९ रहेको छ।

भुटानमा संक्रमितको संख्या ३ सय ४८ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ३ सय १९ छ ।

स्वास्थ्य खबरबाट