March 11, 2025, Tuesday
२७ फाल्गुन २०८१, मंगलवार

विश्वभर संक्रमितको संख्या ४ करोड ४४ लाख, यस्तो छ सार्क राष्ट्रको तथ्यांक

काठमाडौं, कार्तिक १३ (ई-रैवार)

विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ करोड ४४ लाख नाघेको छ ।  बिहीबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ४ करोड ४४ लाख ३ सय १८ जना  संक्रमित भएको तथ्यांक रहेको छ ।

अमेरिकामा संक्रमितको संख्या ८८ लाख ५५ हजार १ सय ८० पुगेको छ। त्यस्तै भारतमा ७९ लाख ९० हजार ३ सय २२, ब्राजिलमा ५४ लाख ६८ हजार २ सय ७० र रुसमा १५ लाख ५३ हजार २८ जनामा  संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।

त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ११ लाख ७३ हजार नाघेको छ । पछिल्लो तथ्यांक अनुसार ११ लाख ७३ हजार २ सय ७० जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ ।

अमेरिकामा २ लाख २७ हजार ६ सय ७३,  ब्राजिलमा १ लाख ५८ हजार ४ सय ५६, मेक्सीकोमा  ८९ हजार ८ सय १४, बेलायतमा ४५ हजार ७ सय ६५, इटालीमा ३७ हजार ९ सय ५ जनाको मृत्यु भएको छ ।

विश्वभर दुई करोड ९९ लाख ८५ हजार ९३ जना संक्रमणमुक्त भएका छन् । बिहीबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ४९ लाख ४७ हजार ७ सय ७७, अमेरिकामा ३५ लाख १८ हजार १ सय ४०, रुसमा ११ लाख  ६४ हजार ९ सय १५ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा पनि १ लाख ६२ हजार ३ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये एक लाख २१ हजार ८ सय २४ जना संक्रमणमुक्त भएका छन् भने ८ सय ८७ जनाको मृत्यु भएको छ ।

भारतमा संक्रमितको संख्या ७९ लाख ९० हजार ३ सय २२ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या एक लाख २० हजार १० पुगेको छ। भारतमा हालसम्म ७२ लाख ५९ हजार ५ सय ९ जना  संक्रमित संक्रमणमुक्त भएका छन् ।

पाकिस्तानमा हालसम्म ३ लाख ३० हजार २ सय जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार ७ सय ५९ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म ३ लाख ११ हजार  ८ सय १४ जना उपचारपछि निको भएका छन् ।

बंगलादेशमा कोरोना संक्रमितको संख्या ४ लाख ३ हजार ७९ पुगेको छ। बंगलादेशमा हालसम्म ५ हजार ८ सय ६१ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा  ३ लाख १९ हजार ७ सय ३३  छ ।

अफ्गानिस्तानमा संक्रमितको संख्या ४१ हजार १ सय ४५ पुगेको छ। अफगानिस्तानमा १ हजार ५ सय २९ जनाको मृत्यु भइसकेको छ भने ३४ हजार २ सय ३७  जना उपचारपछि निको भएका छन् ।

माल्दिभ्समा संक्रमितको संख्या ११ हजार ५ सय ९१ जना रहेको छ। मृत्यु हुनेको संख्या ३७ छ भने उपचारपछि निको हुनेको संख्या १० हजार ६ सय ८५ पुगेको छ ।

श्रीलंकामा संक्रमितको संख्या ९ हजार २ सय ५ जना  रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या १९ छ भने निको हुनेको संख्या ४ हजार ७५ रहेको छ ।

भुटानमा संक्रमितको संख्या ३ सय ४५ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ३ सय १४ छ ।

स्वास्थ्य खबरबाट