March 11, 2025, Tuesday
२७ फाल्गुन २०८१, मंगलवार

चन्द्रमाको सतहमा पानी भेटियो, मानव जीवनको सम्भावना तर्फ नयाँ खुट्किलो : नासा

एजेन्सी, कार्तिक ११ (ई-रैवार)

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी रहेको पुष्टि गरेको छ । पानीको केमिकल कम्पाउण्ड पाइनु त्यहाँ मानव जीवनको सम्भावनाका लागि ठूलो सफलता रहेको वैज्ञानिकले बताएका छन् ।

पृथ्वीमा मानवको अस्तित्व भएजस्तै विशाल ब्रह्माण्डमा कुनै जीवन रहेको वा नरहेको भन्ने विषयमा लामो समयदेखि विवाद चल्दै आएको छ ।
यसै विषयमा नेशनल एरनोटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेशन (नासा)ले हाम्रै पृथ्वीको सौर्यमण्डलमा शनि ग्रहको चन्द्रमा (उपग्रह) एनसेलडसमा जीवनको अस्तित्व रहेको हुन सक्ने पुष्टि गरेको छ ।

अन्तरिक्ष यान सोफियामा रहेको ठूलो टेलिस्कोप मार्फत गरिएको अवलोकनबाट नयाँ कुरा थाहा भएको हो । सो टेलिस्कोपबाट बाफको अवस्थामा रहेको पानी पत्ता लगाउन वैज्ञानिकलाई सहयोग मिलेको हो ।

एक घनमिटर चन्द्रमाको सतहमा १२ बोतल पानी बराबरको पानीको मलिक्यूल्स रहेको पाइएको नासाले बताएको छ । चन्द्रमामा फेला परेको पानीलाई स्रोतका रुपमा प्रयोग गर्न सकिने वा नसकिने भन्ने भन्न नसकिने नासाको भनाइ छ ।

नासाका प्रशासक जिम ब्रिडेनस्टाइनले चन्द्रमाका बारेमा थप जान्न वा सो प्रक्रियाका लागि भने पानी भेटिनु अति ठूलो उपलब्धी भएको बताइएका छन । यसअघि चन्द्रमाको अँध्यारो तथा चिसो क्षेत्रमा पानी जमेको अवस्थामा हिउँ पाइएको थियो ।

अहिले भने चन्द्रमाको घमाइलो सतहमा पानी र पानीका केमिकल कम्पाउण्ड भेटिएको नासाले पुष्टि गरेको हो । यसले चन्द्रमाको सो सतहमा मानव वस्ती विकास गर्न सकिने देखिएको वैज्ञानिकहरुले बताएका छन् । पछिल्लो तथ्यांकले वैज्ञानिकले यसअघि गर्दै आएको चन्द्रमाको सतहमा पानी रहेको आंकलन पुष्टि भएको छ ।

एनसेलडसमा पानीको निरीक्षण गर्ने सान एन्टोनियोको हन्टर वेट अफ द साउथवेस्ट रिसर्च इन्स्टिच्युटका अनुसार यो आणविक हाइड्रोजन केकमा बरफ जमेको जस्तो छ ।

इन्स्टिच्युटको औपचारिक विज्ञप्तिमा भनिएको छ, ‘तपाईहरू ऊर्जाको त्यो स्रोत देख्न सक्नुहुन्छ जुन सूक्ष्म जीवले प्रयोग गर्छन् । हामीले फस्फोरस र सल्फर मात्र देखेनौं । सायद त्यहाँ निकै थोरै हुनसक्छ । हामीले त्यहाँ अब जीवन भएको बारेमा थप अनुसन्धान गर्नुपर्छ।’

वुड्स होल ओसिनोग्राफिक इन्स्टिच्युसन इन म्यासाचुसेट्सका जिओकेमिस्ट जेफ्री सिवाल्डले भने, ‘एनसेलडसमा भेटिएका चीजबाट त्यहाँ जीवनको प्रारम्भिक स्वरूप रहेको संकेत हो ।’ नासाले कासिनी अन्तरिक्षयानले सन् २००४ मा शनि र यसका उपग्रहको अध्ययन सुरु गरेको थियो । सन् २०१५ को अक्टोबरमा एनसेलडसको तातो पानीको अंश नमुना लिएको थियो ।