March 11, 2025, Tuesday
२७ फाल्गुन २०८१, मंगलवार

विश्वभर संक्रमितको संख्या ४ करोड २१ लाख, यस्तो छ सार्क राष्ट्रको तथ्यांक

काठमाडौँ, कार्तिक ८ (ई-रैवार)

विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ करोड २१ लाख नाघेको छ। शनिबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ४ करोड २१ लाख  १४ हजार ५ सय २४ जना  संक्रमित भएको तथ्यांक रहेको छ।

अमेरिकामा संक्रमितको संख्या ८४ लाख ८४ हजार ९ सय ९१ पुगेको छ। त्यस्तै भारतमा ७७ लाख ६१ हजार ३ सय १२, ब्राजिलमा ५३ लाख ५३ हजार ६ सय ५६ र रुसमा १४ लाख ७१ हजारमा  ंसंक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।

त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ११ लाख ४३ हजार नाघेको छ । पछिल्लो तथ्यांक अनुसार ११ लाख ४३ हजार २ सय ९१ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ ।

अमेरिकामा २ लाख २३ हजार ९ सय १४,  ब्राजिलमा १ लाख ५६ हजार ४ सय ७१, मेक्सीकोमा  ८८ हजार ३ सय १२, बेलायतमा ४४ हजार ६ सय ६१, इटालीमा ३७ हजार ५९ जनाको मृत्यु भएको छ ।

विश्वभर दुई करोड ८४ लाख ८० हजार ७ सय ४४ जना संक्रमणमुक्त भएका छन् ।

शनिबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ४५ लाख २६ हजार ३ सय ९३, अमेरिकामा ३३ लाख ७५ हजार ४ सय २७, रुसमा ११ लाख  १३ हजार ७ सय ३६ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा पनि एक लाख ५३ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये एक लाख ५ हजार ४ सय ८८ जना संक्रमणमुक्त भएका छन् भने ८ सय २९ जनाको मृत्यु भएको छ ।

भारतमा संक्रमितको संख्या ७७ लाख ६१ हजार ३ सय १२ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या एक लाख १७ हजार ३ सय ६ पुगेको छ। भारतमा हालसम्म ६९ लाख ४८ हजार ४ सय ९७ जना  संक्रमित संक्रमणमुक्त भएका छन् ।

पाकिस्तानमा हालसम्म ३ लाख २६ हजार २ सय १६ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार ७ सय १५ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म ३ लाख ९ हजार  ६ सय ४६ जना उपचारपछि निको भएका छन् ।

बंगलादेशमा कोरोना संक्रमितको संख्या ३ लाख ९६ हजार ४ सय १३ पुगेको छ। बंगलादेशमा हालसम्म ५ हजार ७ सय ६१ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा  ३ लाख १२ हजार ६५  छ ।

अफगानिस्तानमा संक्रमितको संख्या ४० हजार ६ सय ८७ पुगेको छ। अफगानिस्तानमा १ हजार ५ सय ७ जनाको मृत्यु भइसकेको छ भने ३४ हजार १० जना उपचारपछि निको भएका छन् ।

माल्दिभ्समा संक्रमितको संख्या ११ हजार ३ सय ९१ जना रहेको छ। मृत्यु हुनेको संख्या ३७ छ भने उपचारपछि निको हुनेको संख्या १० हजार ४ सय २८ पुगेको छ ।

श्रीलंकामा संक्रमितको संख्या ७ हजार १ सय ५३ जना  रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या १४ छ भने निको हुनेको संख्या ३ हजार ६ सय ४४ रहेको छ ।

भुटानमा संक्रमितको संख्या ३ सय ३६ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ३ सय ६ छ ।

स्वास्थ्य खबरबाट