March 11, 2025, Tuesday
२७ फाल्गुन २०८१, मंगलवार

विश्वभर संक्रमितको संख्या ४ करोड १५ लाख, यस्तो छ सार्क राष्ट्रको तथ्यांक

काठमाडौं, कार्तिक ७ (ई-रैवार)

विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ करोड १५ लाख नाघेको छ।  शुक्रबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ४ करोड १५ लाख ९५ हजार ९ सय ८० जना  संक्रमित भएको तथ्यांक रहेको छ।

अमेरिकामा संक्रमितको संख्या ८४ लाख ४ हजार ५ सय २४ पुगेको छ। त्यस्तै भारतमा ७७ लाख ६ हजार ९ सय ४६, ब्राजिलमा ५२ लाख ९८ हजार ७ सय ७२ र रुसमा १४ लाख ३५ हजार ९ सय २३ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।

त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ११ लाख ३५ हजार नाघेको छ । पछिल्लो तथ्यांक अनुसार ११ लाख ३५ हजार ७ सय ९० जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।

अमेरिकामा २ लाख २३ हजार,  ब्राजिलमा १ लाख ५५ हजार ४ सय ३, मेक्सीकोमा  ८७ हजार ४ सय १५, बेलायतमा ४४ हजार ४ सय ३७, इटालीमा ३६ हजार ९ सय ६८ जनाको मृत्यु भएको छ

विश्वभर दुई करोड ८२ लाख ६८ हजार ६ सय ४३ जना संक्रमणमुक्त भएका छन्। शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ४५ लाख २६ हजार ३ सय ९३, अमेरिकामा ३३ लाख ५३ हजार ५६, रुसमा ११ लाख  २ हजार ५ सय ६४ जना संक्रमणमुक्त भएका छन्।

नेपालमा पनि एक लाख ४८ हजार ५ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये एक लाख २ हजार ८ सय २० जना संक्रमणमुक्त भएका छन् भने ८ सय ९२ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या ७७ लाख ६ हजार ९ सय ४६ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या एक लाख १६ हजार ६ सय १६ पुगेको छ। भारतमा हालसम्म ६८ लाख ७४ हजार ५ सय १८ जना  संक्रमित संक्रमणमुक्त भएका छन्।

पाकिस्तानमा हालसम्म ३ लाख २५ हजार ४ सय ८० जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार ७ सय २ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म ३ लाख ९ हजार १ सय ३६ जना उपचारपछि निको भएका छन्।

बंगलादेशमा कोरोना संक्रमितको संख्या ३ लाख ९४ हजार ८ सय २७ पुगेको छ। बंगलादेशमा हालसम्म ५ हजार ७ सय ४७ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा  ३ लाख १० हजार ५ सय ३२ छ।

अफगानिस्तानमा संक्रमितको संख्या ४० हजार ६ सय २६ पुगेको छ। अफगानिस्तानमा १ हजार ५ सय ५ जनाको मृत्यु भइसकेको छ भने ३३ हजार ८ सय ३१ जना उपचारपछि निको भएका छन्।

माल्दिभ्समा संक्रमितको संख्या ११ हजार ३ सय ५८ जना रहेको छ। मृत्यु हुनेको संख्या ३७ छ भने उपचारपछि निको हुनेको संख्या १० हजार ३ सय ८३ पुगेको छ ।

श्रीलंकामा संक्रमितको संख्या ६ हजार २ सय ८७ जना  रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या १४ छ भने निको हुनेको संख्या ३ हजार ५ सय ६१ रहेको छ।

भुटानमा संक्रमितको संख्या ३ सय  ३२ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ३ सय ६ छ।

स्वास्थ्य खबरबाट