March 11, 2025, Tuesday
२७ फाल्गुन २०८१, मंगलवार

विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड नजिक, ११ लाख ११ हजार ९९८ संक्रमितको मृत्यु

काठमाडौं, कार्तिक ४ (ई-रैवार)

विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड नजिक पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ९९ लाख ४४ हजार ८ सय ८२ पुगेको हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा ३ लाख ३८ हजार ९६ संक्रमित थपिएका छन् ।

विश्वभर कोरोनाका कारण हालसम्म ११ लाख ११ हजार ९ सय ९८ संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा विश्वमा कोरोनाका कारण ४ हजार ५ सय ५६ कोरोना संक्रमितको मृत्यु भएको छ ।

अमेरिकामा कोरोना संक्रमितको संख्या ८० लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार अमेरिकामा हालसम्म कोरोबाट संक्रमित हुनेको संख्या ८० लाख १९ हजार २ सय ३७ पुगेको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा ५२ हजार ५ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म २ लाख १७ हजार ६ सय ५९ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण ५ सय ८८ संक्रमितको मृत्यु भएको छ ।

भारतमा कोरोना संक्रमितको संख्या ७५ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार हालसम्म भारतमा संक्रमितको संख्या ७५ लाख ५० हजार २ सय ७३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ५५ हजार ७ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा भारतमा ५ सय ७९ संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।

भारतमा कोरोना संक्रमण कारण हालसम्म १ लाख १४ हजार ६ सय १० संक्रमितको मृत्यु भइसकेको छ ।