विश्वभर संक्रमितको संख्या ३ करोड ९५ लाख, यस्तो छ सार्क राष्ट्रको तथ्यांक

काठमाडौं, कात्तिक २ (ई-रैवार)
विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ करोड ९५ लाख नाघेको छ। आइतबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ३ करोड ९५ लाख ८८ हजार २ सय ९३ जना संक्रमित भएको तथ्यांक रहेको छ ।
अमेरिकामा संक्रमितको संख्या ८० लाख २ हजार १ सय ३३ पुगेको छ। त्यस्तै भारतमा ७४ लाख ३२ हजार ६ सय ८०, ब्राजिलमा ५२ लाख २४ हजार ३ सय ६२ र रुसमा १३ लाख ७६ हजार २० जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ११ लाख ८ हजार नाघेको छ । पछिल्लो तथ्यांक अनुसार ११ लाख ८ सय ५ सय ७६ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ ।
अमेरिकामा २ लाख १९ हजार १ सय ५७, ब्राजिलमा १ लाख ५३ हजार ६ सय ७५, मेक्सीकोमा ८६ हजार ५९, बेलायतमा ४३ हजार ६ सय ६९, इटालीमा ३६ हजार ४ सय ७४ जनाको मृत्यु भएको छ ।
विश्वभर दुई करोड ७२ लाख ८ हजार १ सय २८ जना संक्रमणमुक्त भएका छन्। आइतबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ४५ लाख २६ हजार ३ सय ९३, अमेरिकामा ३२ लाख २० हजार ५ सय ७३, रुसमा १० लाख ६० हजार २ सय ७९ जना संक्रमणमुक्त भएका छन् ।
नेपालमा पनि एक लाख २१ हजार ३ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ८९ हजार ८ सय ४० जना संक्रमणमुक्त भएका छन् भने ७ सय २७ जनाको मृत्यु भएको छ ।
भारतमा संक्रमितको संख्या ७४ लाख ३२ हजार ६ सय ८० पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या एक लाख १२ हजार ९ सय ९८ पुगेको छ। भारतमा हालसम्म ६५ लाख २४ हजार ५ सय ९५ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।
पाकिस्तानमा हालसम्म ३ लाख २२ हजार ४ सय ५२ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार ६ सय ३८ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म ३ लाख ६ हजार ६ सय ४० जना उपचारपछि निको भएका छन् ।
बंगलादेशमा कोरोना संक्रमितको संख्या ३ लाख ८७ हजार २ सय ९५ पुगेको छ। बंगलादेशमा हालसम्म ५ हजार ६ सय ४६ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा ३ लाख २ हजार २ सय ९८ छ ।
अफगानिस्तानमा संक्रमितको संख्या ४० हजार १ सय ४१ पुगेको छ। अफगानिस्तानमा १ हजार ४ सय ८८ जनाको मृत्यु भइसकेको छ भने ३३ हजार ५ सय ६१ जना उपचारपछि निको भएका छन् ।
माल्दिभ्समा संक्रमितको संख्या ११ हजार १ सय ७८ जना रहेको छ। मृत्यु हुनेको संख्या ३६ छ भने उपचारपछि निको हुनेको संख्या १० हजार ९७ पुगेको छ ।
श्रीलंकामा संक्रमितको संख्या ५ हजार ४ सय ७५ जना रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या १३ छ भने निको हुनेको संख्या ३ हजार ३ सय ९५ रहेको छ ।
भुटानमा संक्रमितको संख्या ३ सय १६ पुगेको छ। उपचारपछि निको हुनेको संख्या २ सय ९८ छ ।
स्वास्थ्य खबरबाट
प्रतिकृया दिनुहोस्