March 11, 2025, Tuesday
२७ फाल्गुन २०८१, मंगलवार

विश्वभर संक्रमितको संख्या ३ करोड ८८ लाख, यस्तो छ सार्क राष्ट्रको तथ्यांक

काठमाडौं, असोज ३० (ई-रैवार)  

विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ करोड ८८ लाख नाघेको छ। शुक्रबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ३ करोड ८८ लाख  ३३ हजार ३२ जना  संक्रमित भएको तथ्यांक रहेको छ।

अमेरिकामा संक्रमितको संख्या ७९ लाख ७७ हजार ९७ पुगेको छ। त्यस्तै भारतमा ७३ लाख ७ हजार ९७, ब्राजिलमा ५१ लाख ६९ हजार ३ सय ८६ र रुसमा १३ लाख ४६ हजार ३ सय ८६ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।

त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या १० लाख ९७ हजार नाघेको छ । पछिल्लो तथ्यांक अनुसार १० लाख ९७ सय २ सय २८ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।

अमेरिकामा २ लाख १७ हजार ७ सय ५४,  ब्राजिलमा १ लाख ५२ हजार ४ सय ६०, मेक्सीकोमा  ८५ हजार २ सय ८५, बेलायतमा ४३ हजार ३ सय ८३, इटालीमा ३६ हजार ३ सय ७२ जनाको मृत्यु भएको छ।

विश्वभर २ करोड ६८ लाख ९ हजार ४ सय ७४ जना संक्रमणमुक्त भएका छन्।

शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ४५ लाख २६ हजार ३ सय ९३, अमेरिकामा ३१ लाख ७७ हजार ३ सय ९७, रुसमा १० लाख  ४३ हजार ४ सय ३१ जना संक्रमणमुक्त भएका छन्।

नेपालमा पनि एक लाख  १७ हजार ९ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ८० हजार ९ सय ५४ जना संक्रमणमुक्त भएका छन् भने ६ सय ७५ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या ७३ लाख ७ हजार ९७ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या एक लाख ११ हजार २ सय ६६ पुगेको छ। भारतमा हालसम्म ६३ लाख ८३ हजार ४ सय ४१ जना  संक्रमित संक्रमणमुक्त भएका छन्।

पाकिस्तानमा हालसम्म ३ लाख २१ हजार २ सय १८ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार ६ सय १४ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म ३ लाख ५ हजार ३ सय ९५ जना उपचारपछि निको भएका छन्।

बंगलादेशमा कोरोना संक्रमितको संख्या ३ लाख ८४ हजार ५ सय ५९ पुगेको छ। बंगलादेशमा हालसम्म ५ हजार ६ सय ८ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा  २ लाख ९९ हजार २ सय २९ छ।

अफगानिस्तानमा संक्रमितको संख्या ४० हजार २६ पुगेको छ। अफगानिस्तानमा १ हजार ४ सय ८१ जनाको मृत्यु भइसकेको छ भने ३३ हजार ४ सय ४७ जना उपचारपछि निको भएका छन्।

माल्दिभ्समा संक्रमितको संख्या ११ हजार १ सय १३ जना रहेको छ। मृत्यु हुनेको संख्या ३५ छ भने उपचारपछि निको हुनेको संख्या ९ हजार ९ सय ३१ पुगेको छ ।

श्रीलंकामा संक्रमितको संख्या ५ हजार २ सय ४४ जना  रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या १३ छ भने निको हुनेको संख्या ३ हजार ३ सय ८० रहेको छ।

भुटानमा संक्रमितको संख्या ३ सय १६ पुगेको छ। उपचारपछि निको हुनेको संख्या २ सय ९४ छ ।

स्वास्थ्य खबरबाट