विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ८४ लाख, मृत्यु हुनेको संख्या १० लाख ९१ हजार नाघ्यो

काठमाडौं,असोज २९ (ई-रैवार)
विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ करोड ८४ लाख नाघेको छ। बिहीबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ३ करोड ८४ लाख २३ हजार ५ सय ९१ जना संक्रमित भएको तथ्यांक रहेको छ।
अमेरिकामा संक्रमितको संख्या ७९ लाख ९ हजार ३५ पुगेको छ। त्यस्तै भारतमा ७२ लाख ३९ हजार ३ सय ८९, ब्राजिलमा ५१ लाख ४० हजार ८ सय ६३ र रुसमा १३ लाख ३२ हजार ८ सय २४ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या १० लाख ९१ हजार नाघेको छ । पछिल्लो तथ्यांक अनुसार १० लाख ९१ हजार १ सय २३ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा २ लाख १६ हजार ६ सय ३९, ब्राजिलमा १ लाख ५१ हजार ७ सय ४७, मेक्सीकोमा ८४ हजार ८ सय ९१, बेलायतमा ४३ हजार २ सय ४५, इटालीमा ३६ हजार २ सय ८९ जनाको मृत्यु भएको छ।
विश्वभर दुई करोड ६५ लाख ९४ हजार ६ सय २८ जना संक्रमणमुक्त भएका छन् । बिहीबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ४५ लाख २६ हजार ३ सय ९३, अमेरिकामा ३१ लाख ५५ हजार ७ सय ९४, रुसमा १० लाख ३५ हजार १ सय ४१ जना संक्रमणमुक्त भएका छन् ।
नेपालमा पनि एक लाख १७ हजार ९ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ८० हजार ९ सय ५४ जना संक्रमणमुक्त भएका छन् भने ६ सय ७५ जनाको मृत्यु भएको छ ।
भारतमा संक्रमितको संख्या ७२ लाख ३९ हजार ३ सय ८९ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या एक लाख १० हजार ५ सय ८६ पुगेको छ। भारतमा हालसम्म ६३ लाख १ हजार ९ सय २७ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।
पाकिस्तानमा हालसम्म ३ लाख २० हजार ४ सय ६३ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार ६ सय १ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म ३ लाख ५ हजार ८० जना उपचारपछि निको भएका छन् ।
बंगलादेशमा कोरोना संक्रमितको संख्या ३ लाख ८२ हजार ९ सय ५९ पुगेको छ। बंगलादेशमा हालसम्म ५ हजार ५ सय ९३ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा २ लाख ९७ हजार ४ सय ४९ छ ।
अफगानिस्तानमा संक्रमितको संख्या ३९ हजार ९ सय ९४ पुगेको छ। अफगानिस्तानमा १ हजार ४ सय ८१ जनाको मृत्यु भइसकेको छ भने ३३ हजार ३ सय ५४ जना उपचारपछि निको भएका छन् ।
माल्दिभ्समा संक्रमितको संख्या ११ हजार ६२ जना रहेको छ। मृत्यु हुनेको संख्या ३५ छ भने उपचारपछि निको हुनेको संख्या ९ हजार ८ सय ८० पुगेको छ ।
श्रीलंकामा संक्रमितको संख्या ५ हजार १ सय ७० जना रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या १३ छ भने निको हुनेको संख्या ३ हजार ५ सय ५७ रहेको छ।
भुटानमा संक्रमितको संख्या ३ सय १३ पुगेको छ। उपचारपछि निको हुनेको संख्या २ सय ९३ छ ।
स्वास्थ्य खबरबाट
प्रतिकृया दिनुहोस्