आईपीएल : बैंगलोरले कोलकातालाई दियो १ सय ९५ रनको लक्ष्य

काठमाडौं, असोज २६ (ई-रैवार)
बैंगलोरले कोलकातालाई १ सय ९५ रनको लक्ष्य दिएको छ । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत रोयल्स च्यालेन्जर्स बैंगलोरले कोलकाता नाइट राइडर्सलाई जितका लागि १ सय ९५ रनको लक्ष्य दिएको हो ।
सेख ज्यायद क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ९४ रन बनायो ।
बैंगलोरका लागि एबी डिभीलियर्सले नट आउट अर्धशतकीय पारी खेले । ३३ बल खेलेका उनले ५ चौका र ६ छक्काको सहयोगमा ७३ रन बनाए । त्यस्तै एरोन फिन्चले ४७ रन बनाउँदा कप्तान विराट कोहलीले ३३ रन बनाए ।
बलिङतर्फ कोलकाताका लागि प्रशिद कृष्ण र आन्द्रे रसेलले समान एक-एक विकेट लिए । आजको खेलमा दुवै टोली जित निकाल्ने योजनामा छन् । लिगमा ६ खेल खेलेको बैंगलोर ८ अंकसहित तालिकाको चौथो स्थानमा छ ।
समान खेल खेलेको कोलकाता तालिकाको तेस्रो स्थानमा छ । लिगमा यो सिजन उपाधि दाबेदार मानिएका दुवै टोली पछिल्ला खेलहरुमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।
प्रतिकृया दिनुहोस्