आईपीएल : राजस्थानले हैदरावादलाई ५ विकेटले हरायो

काठमाडौं, असोज २५ (ई-रैवार)
इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत राजस्थान रोयल्सले जित निकालेको छ । आइतबार भएको खेलमा राजस्थानले सनराइजर्स हैदरावादलाई ५ विकेटले पराजित गरेको हो ।
दुबइ अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हैदरावादले राजस्थानलाई जितका लागि १५९ रनको लक्ष्य राजस्थानले १९ ओभर ५ बलमा ५ विकेट घुमाउदै १६३ बनायो ।
राजस्थानका लागि राहुल तेवातियाले ४५ रन जोड्दा रिया प्रयागले ४२ रन जोडे । बलिङतर्फ हैदरावादका लागि रशिद खान र कहेल अहमेदले समान एक-एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ हैदरावादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५८ रन बनाएको थियो ।
हैदरावादका लागि मनिस माण्डेले अर्धशतकीय पारी खेले । ४४ बल खेलेका उनले २ चौका र ३ छक्काको सहयोगमा ५४ रन बनाएका हुन् । हैदरावादका लागि डेभिड वार्नरले ४८ रन बनाउँदा केन विलियमसनले २२ रनको योगदान गरे ।
बलिङतर्फ राजस्थानका लागि जोफ्रा आर्चर, जयदेव उन्डकट र कार्तिक त्यागीले समान एक–एक विकेट लिए ।
प्रतिकृया दिनुहोस्