March 11, 2025, Tuesday
२७ फाल्गुन २०८१, मंगलवार

विश्वभर कोरोना पुष्टि हुनेको संख्या ३ करोड ३२ लाख ७३ हजार ७२० जना पुग्यो, सार्क राष्ट्रको तथ्यांक यस्तो छ

काठमाडौं, असोज १३ (ई-रैवार)

विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ करोड ३२ लाख नाघेको छ। मंगलबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ३ करोड ३२ लाख  ७३ हजार ७ सय २० जना  संक्रमित भएको तथ्यांक रहेको छ।

संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ७१ लाख ४७ हजार २ सय ४१ पुगेको छ। त्यस्तै भारतमा ६० लाख ७४ सय  ७ सय २, ब्राजिलमा ४७ लाख ४५ हजार ४ सय ६४ र रुसमा ११ लाख ५४ हजार २ सय ९९ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।

त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या १० लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार १० लाख ५ सय ५५ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।

अमेरिकामा २ लाख ५ हजार ३१,  ब्राजिलमा १ लाख ४२ हजार ५८, मेक्सीकोमा  ७६ हजार ४ सय ३०, बेलायतमा ४२ हजार ९०, इटालीमा ३५ हजार ८ सय ५१ जनाको मृत्यु भएको छ।

विश्वभर २ करोड ३० लाख ५६ हजार ४ सय ८० जना संक्रमणमुक्त भएका छन्।

मंगलबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ४१ लाख ९७ हजार ३ सय ७२, अमेरिकामा २७ लाख ९४ हजार ६ सय ८, रुसमा ९ लाख ४२ हजार ६ सय १९ जना संक्रमणमुक्त भएका छन्।

नेपालमा पनि ७४ हजार ७ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ५३ हजार ६ सय ४०  जना संक्रमणमुक्त भएका छन् भने ४ सय ८१ जनाको मृत्यु भएको छ।

भारतमा संक्रमितको संख्या ६० लाख ७४ हजार ७ सय २ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ९५ हजार ५ सय ४२ पुगेको छ। भारतमा हालसम्म ५० लाख १६ हजार ५ सय २० जना  संक्रमित संक्रमणमुक्त भएका छन्।

पाकिस्तानमा हालसम्म ३ लाख १० हजार ८ सय ४१ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार ४ सय ६६ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख ९६ हजार २२ जना उपचारपछि निको भएका छन्।

बंगलादेशमा कोरोना संक्रमितको संख्या ३ लाख ६० हजार ५ सय ५५ पुगेको छ। बंगलादेशमा हालसम्म ५ हजार १ सय ९३ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा  २ लाख ७२ हजार ७३ छ।

अफगानिस्तानमा संक्रमितको संख्या ३९ हजार २ सय ३३ पुगेको छ। अफगानिस्तानमा १ हजार ४ सय ५५ जनाको मृत्यु भइसकेको छ भने ३२ हजार ६ सय ४२ जना उपचारपछि निको भएका छन्।

माल्दिभ्समा संक्रमितको संख्या १० हजार १ सय ५७ जना रहेको छ। मृत्यु हुनेको संख्या ३४ छ भने उपचारपछि निको हुनेको संख्या ८ हजार ९ सय ५० पुगेको छ ।

श्रीलंकामा संक्रमितको संख्या ३ हजार ३ सय ६३ जना  रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या १३ छ भने निको हुनेको संख्या ३ हजार २ सय १० रहेको छ।

भुटानमा संक्रमितको संख्या २ सय ७३ पुगेको छ। उपचारपछि निको हुनेको संख्या २ सय १० छ।

स्वास्थ्य खबरबाट