आईपीएल : मुम्बईमाथि बैंगलोरको जित

काठमाडौँ, असोज १३ (ई-रैवार)
युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी– २० क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले दोस्रो जित निकालेको छ । राति भएको खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गर्दै बेङ्ग्लोरले दोस्रो जित निकालेको हो ।
बेङ्ग्लोरले दिएको २ सय २ रनको लक्ष्यमा मुम्बईले २० ओभरमा ५ विकेटको क्षतिमा २ सय १ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।
सुपर ओभरमा मुम्बईले दिएको ८ रनको लक्ष्य पाएको बैंगलोरका ६ बलमा ११ रन बनाएको थियो । बैंगलोरका लागि एबी डिविलियर्सले ६ रन र विराट कोहलीले ५ रन बनाए ।
यता सुपर ओभरमा मुम्बईका लागि हार्दिक पाड्याले २ रन बनाउँदा किरन पोलार्डले ५ रन बनाए । बैंगलोरका लागि नवदिप सैनिले पोलार्डको विकेट पनि लिए ।
यसअघिको खेलमा बैंगलोरले दिएको २०२ रनको लक्ष्य पछएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०१ रन बनाएको थियो । मुम्बईका लागि इशान्त सकुन र किरन पोलार्डले अर्धशतकीय पारी खेले । ५८ बल खेलेका इशान्तले २
चौका र ९ छक्काको सहयोगमा ९९ रन बनाए । त्यस्तै २४ बल खेलेका पोलार्डले ३ चौका र ५ छक्काको सहयोगमा ६० रन बनाए ।
मुम्बईका लागि हार्दिक पाड्याले १५ रन बनाउँदा क्विन्टन डी ककले १४ रनको योगदान गरे ।
बलिङतर्फ बैंगलोरका लागि युजिभेन्द्र चहाल, आदम जाम्प, इस्रु उडान र वासिन्टन सुन्डरले समान एक–एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरका लागि देबदत्त पाडिकल, एबी डिविलियर्स र अरोन फिन्चले अर्धशतकीय पारी खेले । ४० बल खेलेका पाडिकलले ५ चौका र २ छक्काको सहयोगमा ५४ रन बनाए । त्यस्तै ३५ बल खेलेका फिन्चले ७ चौका र १ छक्काको सहयोगमा ५२ रनको योगदान गरे ।
बैंगलोरका लागि एबी डिविलियर्स २४ बल खेल्दै ४ चौका र ४ छक्काको सहयोगमा ५५ रनको अर्धशतकीय पारी खेले । त्यस्तै शिभम डुबेले २७ रन बनाउँदा कप्तान विराट कोहलीले ३ रन मात्र बनाए ।
बलिङतर्फ मुम्बईका लागि ट्रेन्ट बोल्टले दुई विकेट लिँदा राहुल चहारले एक विकेट हात पारे ।
प्रतिकृया दिनुहोस्