March 11, 2025, Tuesday
२७ फाल्गुन २०८१, मंगलवार

भारतमा कोरोना संक्रमितको संख्या ५९ लाख ९२ हजार ५ सय ३२ पुग्यो, एकैदिन ११ सय २४ जनाको मृत्यु

नयाँदिल्ली, असोज १२ (ई-रैवार)

भारतमा कोरोना संक्रमितको संख्या ५९ लाख ९२ हजार ५ सय ३२ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ८८ हजार ६ सय जनामा कोरोना संक्रमण पुष्टि भए संगै संक्रमित हुनेको संख्या ५९ लाख ९२ हजार ५ सय ३२ जना पुगेको हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ९४ हजार ५ सय ३ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा १ हजार १ सय २४ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

पछिल्लो अपडेट अनुसार ९ लाख ६४ हजार ४ सय ७ जनामा सक्रिय कोरोनाको अवस्था छ भने ५० लाख १३ हजार ३ सय  ६७ जना निको भएका छन् ।

भारतमा रेल्वे सेवा सञ्चालनमा आएसँगै कोरोना संक्रमण तीव्र गतिमा समुदाय स्तरमा फैलिरहेको छ । भारतमा सिनेमा हलबाहेक प्रायः सबै पेशा, व्यवसाय तथा क्षेत्र पूर्ववत अवस्थामा सञ्चालनमा छन् ।

विश्वभर ज्यान गुमाउनको संख्या ९ लाख ९१ हजार नाघ्यो

कोरोनाका कारण विश्वभर ज्यान गुमाउनको संख्या ९ लाख ९१ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ लाख ९१ हजार २ सय २४ पुगेको छ ।  पछिल्लो २४ घण्टामा ५ हजार ३ सय ८० संक्रमितको मृत्यु भएको छ ।

हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड २७ लाख ३० हजार ९ सय ४५ पुगेको छ ।