डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप २६ जनामा कोरोना संक्रमण पुष्टि
- Eraibar
- २०७७ आश्विन ३, शनिबार १५:४८
- 17 Shares

डडेल्धुरा, असोज ३ (ई–रैवार)
डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय ८६ जनाको कोरोना परीक्षण भएकोमा थप २६ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका मेडिकल ल्याब टेक्नोलोजिष्ट जिनी गणेजुले दिएको जानकारी अनुसार दार्चुलाका २१, डडेल्धुराका ३ र बैतडीका २ जनामा संक्रमण पुष्टि भएको हो ।
गणेजुका अनुसार दार्चुलाको मार्मा गाउपालिकाका २०, महाकाली नगरपालिकाका १, डडेल्धुराको नबदुर्गा गाउपालिकाका २ र अमरगढी नगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै बैतडीको पाटन नगरपालिकाका २ जनामा पनि कोरोना पुष्टि भएको मेडिकल ल्याब टेक्नोलोजिष्ट गणेजुले बताए ।

- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
- खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँएर एक जनाको मृत्यु
- मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
- सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
- लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
-
जातीय विभेद तथा छुवाछूतजस्ता अमानवीय व्यवहारको अन्त्य कानुनी व्यवस्थाबाट मात्र सम्भव छैन : राष्ट्रपति
२०८३ जेष्ठ २१, बिहीबार ०९:३५ -
लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
२०८३ जेष्ठ २१, बिहीबार ०९:४३ -
मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
२०८३ जेष्ठ २६, मंगलवार १०:०८ -
सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
२०८३ जेष्ठ २६, मंगलवार १०:०० -
कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
२०८३ जेष्ठ २६, मंगलवार १०:२७





प्रतिकृया दिनुहोस्