पत्रकारले दिए प्रशासनमा धर्ना, पत्रकार महासंघद्वारा मुख्यमन्त्रीको ध्यानाकर्षण

धनगढी, भदौ २९ (ई-रैवार)
सञ्चार गृह र पत्रकारमाथि आक्रमण गर्नेलाई पक्राउगरी कारबाहीको माग गर्दै पत्रकारहरुले जिल्ला प्रशासन कार्यालयको मुल गेटमा धर्ना दिएका छन ।
पीडित पक्षले कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै किटानी जाहेरी दिएको ४ दिन बितिसक्दा समेत प्रहरीले संलग्नलाई पक्राउ नगरेको भन्दै आज जिल्ला प्रशासन कार्यालय कैलालीको मुल गेटमा धर्ना दिएको हो ।
आईतवार धनगढीमा भएको पत्रकारहरुको भेलाले नेपाल पत्रकार महासंघ कैलालीको अगुवाईमा चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको थियो। सोही अनुसार आज प्रशासनमा एक घण्टा धर्ना दिइएका हुन ।
धर्नापछि नेपाल पत्रकार महासंघ सुदूरपश्चिम समितिका महासचिव योगेश रावलले पत्रकारलाई न्याय दिन प्रहरी प्रशासन उदासिन बनेको बताउँदै आम नागरिको अवस्था कस्तो होला भनेर प्रश्न गरे। ‘मिडियामाथि समाचार कक्षभित्रै पत्रकार कुटिएका छन्,’ उनले भने, ‘पीडित पक्षले किटानी जोहरी दिएर पनि दोषीलाई पक्राउ नगर्नु बिडम्बना हो।’
नेपाल पत्रकार महासंघका पूव केन्द्रिय सदस्य कर्ण शाहले कोरोना महामारीमा पनि बाध्य भएर आन्दोलित हुनु परेको बताए। उनले पत्रकारमाथि भईरहेको श्रृंखलाबद्ध आक्रमणले दण्डहिनता मौलाएको छ।’
बरिष्ठ पत्रकार घनवहादु्र शाहले प्रहरी प्रशासनमाथिको विश्वास कायम राख्नका लागि आक्रमणमा संलग्नलाई तत्काल पक्राउ गर्नुपर्ने बताए । ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल वानका उप–महासचिव गोविन्द रोश्याराले प्रहरीको भूमिकामाथि औला उठाउने ठाउँ देखिएको बताए । उनले कोरोना महामारीको बेलामा सडकमा आउन बाध्य भएको बताउँदै प्रहरीले आक्रमणकारीलाई तत्काल पक्राउ गर्नुपर्ने बताए।
दलित पत्रकार संघकी प्रदेश अध्यक्ष रमा भट्टराईले सञ्चार गृहमाथिको हमला दुखद भएको बताउँदै पत्रकारमाथिको आक्रमण सह्य नभएको बताइन् ।
पत्रकार महासंघद्वारा मुख्यमन्त्रीको ध्यानाकर्षण

नेपाल पत्रकार महासंघले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचनलाई ध्यानाकर्षण गराएको छ । कैलालीमा पत्रकार र संचार गृहमा पटक पटक हमला हुन थालेको भन्दै ध्यानाकर्षण गराएको हो ।
नेपाल पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष जगद साउँदले ध्यानाकर्षण बुझाउँदै सचार गृहमा आक्रमण भएको चार दिन हुँदासम्म पनि संलग्न पक्राउ नपरेको बताउँदै दोषीमाथि कारवाही हुनुपर्ने माग गरे ।
दिनेश सञ्चार गृह र पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै महासंघले आन्दोलन जारी राखेका छन । नेपाल पत्रकार महासंघ कैलाली शाखाको ध्यानाकर्षण पत्र बुझ्दै उनले घटनामा संलग्नलाई कारवाही हुने बताएका हुन ।
‘सञ्चार गृहमाथि आक्रमण भएको जानकारी पाउँने वित्तिकै मैले प्रहरी, प्रशासनसंग कुराकानी गरेको थिए,’ मुख्यमन्त्री भट्टले भने, ‘आज पनि कैलालीका प्रमुख जिल्ला अधिकारीसंग घटनाबारे जानकारी लिएको छु । घटनामा संलग्नलाई कारवाही गर्न भनेको छु ।’ समाचारप्रति असन्तुष्टि भए कानुनी उपचारको बाटो खुला भएपनि सञ्चार गृहमै आक्रमण गर्नु दुखद भएको मुख्यमन्त्री भट्टले बताए ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले दिएको जानकारीका आधारमा धनगढीमा थुनुवा कक्षमै १९ बर्षीय युवकले गरे आत्महत्या शिर्षकको समाचार दिनेश खवरमा प्रकाशन भएको थियो।
समाचार प्रकाशनपछी शुक्रबार दिनेश सञ्चार गृहको कार्यालयमा पुगेका १५–२० जनाको समूहले सह–सम्पादक जनक विष्टलाई कुटपिट गरेका थिए भने व्यवस्थापक अमिता कुँवर र प्राविधिक कल्पना सिंहमाथि पनि हातपात भएको थियो ।
तर दिनेश खवरमा पुगेका युवाहरुले भने आत्महत्या नभई हत्या भएको भन्दै सञ्चारमाध्यममा आक्रमण गरेका थिए। संचारगृहमा आक्रमण गर्नेलाई अहिले सम्म पनि प्रहरीले पक्राउ गर्न सकेको छैन् । ।
आईतवार धनगढीमा भएको पत्रकारहरुको भेलाले नेपाल पत्रकार महासङ्घ कैलालीको अगुवाईमा चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको थियो ।





प्रतिकृया दिनुहोस्