March 11, 2025, Tuesday
२७ फाल्गुन २०८१, मंगलवार

विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ८८ लाख नाघ्यो, सार्क राष्ट्रको तथ्यांक यस्तो छ

काठमाडौ, भदौ २९ (ई-रैवार)

विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ८८ लाख नाघेको छ । सोमबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर २ करोड ८८ लाख ९१ हजार ६ सय ७६ जना  संक्रमित संख्या पुगेको हो ।

कोरोना संक्रमण पुष्टि हुनेको संख्यामा अमेरिका सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ६५ लाख १९ हजार १ सय २१ पुगेको छ। त्यस्तै भारतमा ४७ लाख ५४ हजार ३ सय ५६, ब्राजिलमा ४३ लाख ३० हजार ४ सय ५५ र रुसमा १० लाख ५९ हजार २४ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ ।

त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ९ लाख २२ हजार  नाघेको छ । पछिल्लो तथ्यांक अनुसार ९ लाख २२ हजार ४ सय ४१ जनाको मृत्यु भएको जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांकमा छ ।

अमेरिकामा १ लाख ९४ हजार ४१,  ब्राजिलमा १ लाख ३१ हजार ६ सय २५,  मेक्सीकोमा  ७० हजार ८ सय २१, बेलायतमा ४१ हजार ७ सय १७, इटालीमा ३५ हजार ६ सय १० जनाको मृत्यु भएको छ ।

विश्वभर एक करोड ९५ लाख ३८ हजार ३ सय २ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक रहेको छ ।

सोमबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ३७ लाख २३ हजार २ सय ६, अमेरिकामा २४ लाख ५१ हजार ४ सय ६, रुसमा ८ लाख ७३ हजार ६ सय ८४ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा पनि ५४ हजार १ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ३८ हजार ६ सय ९७  जना संक्रमणमुक्त भएका छन् भने ३ सय ४५ जनाको मृत्यु भएको छ ।

भारतमा संक्रमितको संख्या ४७ लाख ५४ हजार ३ सय ५६ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ७८ हजार ५ सय ८६ पुगेको छ। भारतमा हालसम्म ३७ लाख २ हजार  ५ सय ९५ जना  संक्रमित संक्रमणमुक्त भएका छन् ।

पाकिस्तानमा हालसम्म ३ लाख १ हजार ४ सय ८१ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार ३ सय ७९ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख ८९ हजार ४ सय २९ जना उपचारपछि निको भएका छन् ।

बंगलादेशमा कोरोना संक्रमितको संख्या ३ लाख ३७ हजार ५ सय २० पुगेको छ। बंगलादेशमा हालसम्म ४ हजार ७ सय ३३ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा  २ लाख ४० हजार ६ सय ४३ छ ।

अफगानिस्तानमा संक्रमितको संख्या ३८ हजार ७ सय  १६ पुगेको छ। अफगानिस्तानमा १ हजार ४ सय २० जनाको मृत्यु भइसकेको छ भने ३१ हजार ६ सय ३८ जना उपचारपछि निको भएका छन् ।

माल्दिभ्समा संक्रमितको संख्या ९ हजार १ सय ७३ जना रहेको छ। मृत्यु हुनेको संख्या ३२ छ भने उपचारपछि निको हुनेको संख्या ७ हजार ३ सय २६ पुगेको छ ।

श्रीलंकामा संक्रमितको संख्या ३ हजार २ सय ३४ जना  रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या १२ छ भने निको हुनेको संख्या २ हजार ९ सय ९६ रहेको छ ।

भुटानमा संक्रमितको संख्या २ सय  ४४ पुगेको छ। उपचारपछि निको हुनेको संख्या १ सय  ५९ छ ।