March 11, 2025, Tuesday
२७ फाल्गुन २०८१, मंगलवार

भारतमा कोरोना संक्रमितको संख्या ४८ लाख नाघ्यो, एकैदिन ९३ हजारमा संक्रमण

काठमाडौं, भदौ २९ (ई-रैवार)

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ४८ लाख नाघेको छ । दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ९३ हजारभन्दा बढीमा संक्रमण देखिएको हो ।

वर्ल्डोमिटर्सका अनुसार  सोमबार भारतमा ९३ हजार २ सय १५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४८ लाख ४५ हजार ३ पुगेको छ ।

कोरोना भाइरस संक्रमितमध्ये भारतमा अहिलेसम्म ३७ लाख ७७ हजार ४४ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख ८८ हजार २ सय ५ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ७९ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार १ सय ४० जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ७९ हजार ७ सय ५४ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।