संघीय सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक

काठमाडौं । संघीय सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम वाचन गरिरहेका हुन ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बाचन गर्दै राष्ट्रपति पौडेलले लोकतान्त्रिक गणतत्र सुदृढ गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
‘समाजमा बेला बेलामा प्रकट हुने नकारात्मक सोचको दोहन गरी संविधान र व्यवस्थाप्रति अफवाह फैलाई अराजकता सिर्जना गर्नेहरू विरुद्ध संघीय लोकतान्त्रिक गणतन्त्रलाई सदृढ गर्दै नेपाली जनताको बलिदान, संघर्ष र आन्दोलनले ल्याएको दूरगामी महत्वका उपलब्धिहरूको रक्षा गर्न सरकार दृढ छ,’ उनले भने ।
सरकारले आर्थिक वर्ष २०८२/८३ मा पूर्वाधार आयोजनाको पुनप्राथमिकीकरण गर्ने घोषणा गरेको छ । राष्ट्रपति पौडेलले आगामी आवमा पूर्वाधार आयोजनाको पुनप्राथमिकीकरण गरिने बताएका हुन् ।
विकास निर्माणका क्रममा देखा परेका कमिकमजोरी सुधार गर्न विकासको ढाँचा, गति र संस्कृति फेर्ने उनले बताए ।
विगतमा विभिन्न सरकारले घोषणा गरेका परियोजनालाई वर्गीकरण गरी आगामी आवको अवधि र यस संसदको अवधि भित्र सम्पन्न हुने गरी समय तालिका निर्धारण गर्ने समेत उनले घोषणा गरे ।
निर्माणाधीन र निर्माण गर्नुपर्ने सबै आयोजनालाई स्रोत सुनिश्चितता गरी सम्भावना नभएका आयोजना स्थगत गर्ने र खारेज गर्ने घोषणा उनले गरे ।
स्वास्थ्य क्षेत्रमा आउने सबै सहायता, सहुलियतका कार्यक्रमलाई स्वास्थ्य बीमा क्षेत्रमा आबद्ध गर्ने राष्ट्रपति पौडेलले बताए । यस्तै बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने उनले बताए ।
‘स्वास्थ्य सम्बन्धी सबै सहायता, सहुलियतका कार्यक्रमलाई स्वास्थ्य बीमा क्षेत्रमा आबद्ध गरिनेछ । स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गरी दिगो बनाइने छ,’ राष्ट्रपति पौडेलले भने ।
संयुक्त सदनमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेता लगायत दुवै सदनका सांसदहरू उपस्थित छन् ।
प्रतिकृया दिनुहोस्