लोपोन्मुख राउटे समुदायका मुखिया सूर्यनारायणको मृत्यु

सुर्खेत । राउटे समुदायका मुखिया सूर्यनारायण शाहीको मृत्यु भएको छ । जंगलमा फिरन्ते जीवन बिताउने लोपोन्मुख राउटे समुदायका मुखिया सूर्यनारायणको सोमबार राति मृत्यु भएको हो ।
राउटे समुदायसँग काम गर्दै आएको सोसेक नेपालका जोडी शिक्षक लालबहादुर खत्रीले मुखिया सूर्यनारायणको सोमबार राति साढे नौ बजेतिर मृत्यु भएको जानकारी दिएका हुन ।
अत्याधिक मदिरा सेवनका कारण उनको मृत्यु भएको हो । राउटे समुदायका तीन जना मुखिया हुन्छन् । राउटे समुदायमा तीन गोत्र छन् । तीन गोत्र मध्ये उनी कल्याल गोत्रबाट मुखिया भएका हुन् । सूर्यनारायण २०७२ जेठमा मुखिया बनेका थिए ।
राउटे समुदाय अहिले दुई ठाउँमा छुट्टिएर बस्दै आएको छ । उनी एउटा समूहको नेतृत्व गर्दै बराहताल गाउँपालिका(८ सुर्खेतको सोतखोलामा बस्दै आएका छन् । अर्को समूह भने दुई मुखियासहित वीरेन्द्रनगर–१३ को करेखोलामा बस्दै आएको छ । अब राउटेको संख्या घटेर १३५ पुगेको छ।





प्रतिकृया दिनुहोस्