सुदूरपश्चिम र कर्णाली प्रदेशमा आज बिहानदेखि वर्षा, दिउँसो र राति कहाँ-कहाँ पर्छ पानी ?

धनगढी । सुदूरपश्चिम र कर्णाली प्रदेशमा बिहानदेखि वर्षा भैरहेको छ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण बिहानदेखि वर्षा भैरहेको रहेको हो।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा साधारणतया देखि अधिकांश बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ।
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षा भइहेको महाशाखाले जनाएको छ।
शुक्रबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा र लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही लगायत देशका बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका धेरै स्थानहरूमा र गण्डकी प्रदेशको थोरै र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।
शुक्रबार राति देशभर आंशिक देखि साधारणतया बदली रहने पूर्वानुमान छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जनर/चट्याङ सहित हल्का देखि मध्यम वर्षा र लुम्बिनी प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।





प्रतिकृया दिनुहोस्